मेलमिलाप सम्बन्धी सडक नाटक अभियान सुरु


देवराज सुवेदी, ४ माघ


,

 मेलम्चीमा  मेल मिलाप सम्बन्धी सडक नाटक भएको छ । प्राकृतिक स्रोत द्धन्द रुपान्तरण केन्द्रको आयोजना र द एसिया फाउण्डेसनको सहयोगमा मेलमिलाप सम्बन्धी सडक नाटक अभियान सुरु भएको हो। स्थानिय स्थरमा हुने सामान्य झै झगडा तथा बिबादहरु  स्थानिय स्तरमै  मेल मिलापको अबस्थामा विबाद समाधान गराएर  मेल मिलाप गराउँने र  मेल मेलापको  बिषयमा जानकारी नहुँदा अड्डा अदालत सम्म  धाउन नपरोस भन्ने कुराको जानकारि दिने उद्देश्यले नाटक प्रद्धर्शन गरिएको आयोजक सँस्थाका प्रशिक्षक सुरज ढकालले बताउनुभयो ।  हेलम्बु गाउँपालिकाको चनौटे पाँचपोखरी थाङ्पालगाउँपालिकाको भोटे नाम्लाङ, मेलम्ची नगरपालिकाको मेलम्ची बजारमा नाटक प्रद्धर्शन भएको छ । नवराज गजुरेलद्धारा लिखित तथा निर्देशित उक्त नाटकमा आवाज आर्ट क्रियशन प्रालिका कलाकारहरु मनोज खड्का, सुरेन्द्र गिरि, रस्मिला रोक्का, ललिता श्रेष्ठ, कृष्णप्रसाद धिताल र नवराज गजुरेलको अभिनय रहेको छ । सिन्धुपाल्चोक बाट सुरु भएको नाटक अभियान सिन्धुपाल्चोक सहित काभ्रेपलान्चोक, दोलखा, नुवाकोट र रसुवा गरि ५ जिल्लाका ५१ स्थानिय निकायमा प्रद्धर्शन गरिने कार्यक्रम रहेको आवाज आर्ट क्रियशन प्रा लि का निर्देशक कृष्णप्रसाद धितालले जानकारि दिनुभयो ।

,