२४ भूकम्पपिडित परिवारले पाए बाख्रा





बिष्णु गिरी
काठमाण्डौ माघ ७ ।  बिपन्न तथा भुकम्पपिडितहरुलाई दुई लाख पचास हजार बराबरको बाखा्र बितरण गरिएको छ । हेरचाह नेपाल नाम
क गैरसरकारी संस्थाले आईतबार शंखारापुर न.पा ८ साँखु स्थीत पालुबारीमा रहेका बिपन्न तथा भुकम्पपिडितहरुलाई स्वरोजगार बनाउन प्रोत्साहन स्वरुप बाखा्र बितरण गरेको हो । शंखारापुर न.पा ८ का सचिव न्युछे बहादुर नकर्मीले पालुबारी क्षेत्रका २४ परिवारलाई बाख्रा बितरण गर्नुभएको छ ।
वितरण पछि बोल्दै बडा अध्यक्ष  नकर्मीले भूकम्पपिडित तथा बिपन्न समुदायले आत्मनिर्भर तथा स्वारोजगार बनाउन संस्थाले गरेको कार्य प्रशंसनिय भएको उल्लेख गदै यस्ता कार्यक्रमहरुमा वडाले जहिले पनि सहयोग गर्ने बताउनुभयो ।
नकर्मीले यस्ता स्वरोजगार मुलक कार्यक्रम संञ्चालन गर्ने संस्थासँग वडाले पनि मिलेर काम गर्ने बताउदै बाखा्र पाएका बिपन्न समुदायले यसलाई बिउको रुपमा लिएर यसबाट राम्रो काम गर्ने सुझाव दिनुभयो ।
समाजसेवी पुस्कर डंगोलको सभापतित्वमा भएको कार्यक्रममा हेरचाह नेपालको अध्यक्ष प्रकाश डंगोल उपाध्यक्ष गिता गिरी सचिव रघु थापा लगायतले अगामि दिनमा  यसै संस्थाको पहलमा बेमौसमी तरकारी खेतीको तालिमको ब्यबस्थापन पनि बिपन्न र भुकम्पपीडित समुदायमै केन्द्रीत रहेर गर्ने जानकारी दिनुभयो ।
 संस्थाले उपलब्ध गराएको बाख्रा पाएपछि संगिता थापा, राममायाँ श्रेष्ठ, प्रतिमा नेपाली , तया कुमारी गिरी लगायतले अव यो बाखा्रलाई राम्रो हेरबिचार गरेर यसबाट आर्थिक जीवन स्त्तर अगिाडि बढाउन सहयोग पुग्ने बताउनुभयो । उनीहरुले अझ संस्थाले शिपमुलक तथा रोजगार मुलक कार्यक्रम ल्याउन पनि आग्रह गर्नुभयो ।
बाखा्र बितरण परियोजनाको लागि हेरचाह नेपाललाई लेस्ले युएसएले सहयोग उपलब्ध गराएको थियो । बाख्रा पाएपछि भूकम्प पीडितहरु खुसी भएका छन् ।