बलेफी गाउँपालिका कप फुटबल प्रतियोगिता हुने

ज्ञानेन्द्र तिमिल्सिना/सिन्धुपाल्चोकः बलेफी गाउँपालिकाले जिल्लास्तरीय फुटबल प्रतियोगिताको आयोजना गरेको छ । जिल्ला फुटबल संघको सहकार्यमा सो कार्यक्रमको आयोजना गरिएको हो । जिल्लाका ३ नगरपालिका र ७ गाउँपालिका सो प्रतियोगितामा भाग लिने छन् ।

खेलकूद क्षेत्रको प्रवद्र्धन गरी स्थानीय खेलाडीलाई प्रोत्साहन गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको बलेफी गाउँपालिका अध्यक्ष केदार क्षेत्रीले बताए ।

प्रतियोगितामा चौतारा साँगाचोकगढी नगरपालिका, मेलम्ची नगरपालिका, बाह्रबिसे नगरपालिका, बलेफी गाउँपालिका, सुनकोशी गाउँपालिका, भोटेकोशी गाउँपालिका, लिसंखुपाखर गाउँपालिका, त्रिपुरासुन्दरी गाउँपालिका, इन्द्रावती गाउँपालिका र हेलम्बू गाउँपालिकाका खेलाडीहरु सहभागि हुने बलेफी गाउँपालिका सामाजिक विकास समितिका संयोजक कार्केल लामाले बताए ।

पुस २२ गतेबाट माघ १ गतेसम्म सञ्चालन हुने प्रतियोगिता लामोसाँघु स्थित बसन्तपुर खेल मैदानमा हुने जिल्ला फुटबल संघका अध्यक्ष मनकुमार श्रेष्ठले बताए । प्रतियोगिताको आइतबार प्रदेश नं. ३ का विकास तथा अर्थ समितिका संयोजक सरेश नेपालले उद्घाटन गर्ने कार्यक्रम रहेको बलेफी गाउँपालिका वडा नं. ८ का अध्यक्ष चरिबहादुर तामाङले बताए । प्रतियोगितामा सम्बन्धित पालिकाका स्थानीय खेलाडीलाई मात्र समावेश गराइने तामाङले बताए ।

प्रतियोगितामा बाहिरका खेलाडी आयातित गर्ने प्रथाको अन्त्य गर्न पनि सम्बन्धित खेलाडीको स्थायी ठेगाना एकिन गरेर मात्र सहभागि गराइने तामाङको भनाई छ ।

खेलमा प्रथम हुने टीमलाई १ लाख र द्वितीय हुने टीमलाई ५० हजार नगद सहित ट्रफी र मेडल उपलब्ध गराइनेछ । 

,
Lokpriyasamachar@. Powered by Blogger.