शिक्षाको बिकाश नै मानबीयको बिकाश हो , दाहाल

सिन्धुपाल्चोक जिल्ला चौतारा साँगचोकगढी  नगरपालीका  साबकि ठ्लो सिरुवारी गाउँ बिकाश समिती ं ४मा२०२१भाद्र ८ गतेका दिन  पिता लक्ष्मी कान्ता दाहाल  र माताँ  मनमायाँ दहालका जेष्ठ सुपुत्रका रुपमा जन्मनु भएका बार्ष ५३का कुल प्रसाद दाहाल जो कोहीले पनी नाम सुनेको हुन पर्छ । जसले सानै उमेर देखी सामाजीक काममा अग्रसरता रही आउँनु भएको थियो । शिक्षा पेशामा लामो समय सम्म  सेवा गरेर सेवा निबृत्ती हुनु भएका  स्थानीय युवा तथा समाजसेबीका नामले चिनीदै आउँनु भएका दाहाल  पछिल्लो समयमा  स्वतन्त्र राजनितीमा पनी सक्रीय हुन खोज्नु  भएको थियो । पछिल्लो समयमा आएर   लामो समय सम्म  शिक्षण पेशामा सेवा गरेर पेन्शिन  लिइ सकेका शिक्षकहरुको हक हित र संरक्षणका लागी स्थापीत  नेपाल निबृत्त शिक्षक समाजको सिन्धुपाल्चोकको जिल्ला तदर्थ समितीका   संयोक समेत रहनु भएका दाहाल सँग गरिएको कुरा कानी


 १  तपाइ सामाजीक काम का लागी बढी सक्रीय रहनु भएको छ यँहाको कारण  बताइ दिनुहोस न ।
बिगत धेरै बर्ष पहिले देखी  ठुलो सिरुवारी लगाएत  आसपासका नागरिकहरुको सेवा सुबिधाका लागी धेरै काम गरियो । म  सानै उमेर देखी नै  शिक्षा बाट कोही पनी बञ्चीत हुन नपरोस  भन्नाका लागी  बिभिन्न सोच राख्दै बिद्यालय जाने गरेको याद आइ रहन्छ । यसै शिल शिलामा  साथीहरु सँग सम्मन्वय हुँदा गाँउको बिकाश भए मात्र शिक्षाको बिकाश हुने आफुलाइ बिश्वास लागे पछी सामाजीक काममा पनी आफुलाइ अग्रसर हुने उजागर प्राप्त भएको थियो ।

 २  तपाइलाइ सामाजीक   काम गर्नका लागी उजागर प्राप्त गर्न पर्नै मुख्य कारण के रहेको थियो
 म सानै उमेर देखी बिकाशका कामहरुका बारेमा सोच्ने गर्द थिए पिता माताहरुले भोगेका दुख पाएको परिस्थिती हेर्दा काठमाण्डौ जस्तै शहरको कल्पना गरे पनी  दाउराको कोइला बालेर हिडन पर्ने अबस्था रहेको ले पहीलो काम   बिजुलीको ब्यबस्था गर्नु रहेको थियो । यो यती सजिलो काम थिएन पंञ्चायती ब्यबस्थामा काम गर्नका लागी पनी बजेटकै समस्या थियो । काम गर्ने अठोटका साथ गाँउका केही साथीहरुका साथमा  मंन्त्रालय धाउँन थाली सकेका थियौ । यस्तै यस्तै काम गर्दा गर्दै सामाजीक काममा बढी चासो हुन थालेको कारण समाज सेवामा बढी समर्पीत  भएको हो । सिन्धुपाल्चोक जिल्लाको सदर मुकाम नजीकै रहेको गाउँ भएको भएता पनी  दुर्गम जस्तै रहेको  साबीक ठुलो सिरुवारी गाउँ ९वटा वडामा बिभाजन   थियो । ती सबै वडाहरुमा बिजुली थिएन  त्यस कारण पनी  दुर्गम गाउँको रुपमा देखीएको ले यसको लागी पहिलो प्रथमिकतामा राखेर  सामाजीक काममा  अगाडी बढ्ने मौका मिलेको हो ।

३  यस बाहेक अरु के के  काम गर्नु भयो
 खाने पानी शिक्षा स्वास्थ्य  बाटो घाटोका कामहरु गरियो । बिद्यालयमा अध्ययन गर्न बाट बञ्चीत रहेका गाँउका अभिभाबकलाइ पनी  अनोैपाचारिक शिक्षाको ब्यबस्था गरेर शिक्षाको बाटोमा लैजाने काम गरियो  ।  खाने पानीका लागी आबश्यकता धेरै भएको स्थानको लागी सरकारी निकायहरु सँग सम्मन्वय गर्ने काम गरियो ।
४ तपाइ शिक्षा पेशामा कहीले देखी प्रबेश गर्नु भएको थियो ।
म २०५० साल देखी शिक्षण पेशामा लागेको हो मैले शिक्षण पेशामा रहँदा पनी सामजीक कामलाइ सँगै लगेर गएको हुँ । पेशागत काम गर्दा सामाजीक कामका लागी भने धैरै समस्याहरु झेल्नु परेको थियो । तै पनी शिक्षण पेशामा लागेका कारण  शिक्षाको बिकाशका लागी मात्र निहति हुनु हुँदेन सामाजीक कामको पनी  निरन्तरता हुन पर्छ भनेर शिक्षण समय भन्दा बाहेक सामाजीक सेवाका कामहरुमा नै समय बिताइरहेको थिए ।
५ कती बर्ष शिक्षण पेशामा  संगलग्न  रहनु भयो
२४   बर्ष  म शिक्षण पेशामा रहेर काम गरि सकेको छु ।
६ २४ बर्षको अन्तरालमा के कस्ता कामहरु गर्नु भयो
 मैले बालबालीकाकाहरुलाइ मात्र नभएर उमेर माथी भएका मानीसहरुका लागी पनी शिक्षाको आबश्यक छ भनेर पहिलो काम  अनौपाचारिक शिक्षको ब्यबस्था गर्न पहल  गरेको थिए । म शिषण पेशामा नै रहेको अबस्थामा सामाजीक कामका साथै बिभिन्न पदहरुमा रहे काम गर्ने अबशर पाएको थिए , जसमा जिल्ला शिक्षा समितीको सदस्य,शिक्षक युनियनको सदस्य, बिद्यालय ब्यबस्थापन समितीका सदस्य, तथा स्थानीय संस्थाहरुमा नेर्तत्व दाइ भुमिकामा रहेर काम गर्ने अबशर समेत प्राप्त गरेको छु । ७  हाल तपाइ के गर्दै हुनुहुन्छ
 म हाल सामान्य जिबीकामा रहेको छ ु । तै पनी साथी भाइहरुले सक्रिय रहेका मानीस यसरी बस्दा ठिक नहुने भन्दै नेतृत्वदायी भुमीकामा राखन पर्छ भनेर मलाइ फेरी निबृत्त शिक्षकहरुको नेतृत्व गर्ने गरि सिन्धुपाल्चोक  जिल्ला कार्य समितीका संयोजक समेतको जिम्मेवारी दिएका छन । त्यही जिम्मेवारप्ी बहन गर्दै छु ।
८ तपाइ केही समय अगाडीको स्थानीय निर्बाचनमा उम्मेद्धार समेत बन्नुभएको थियो नि

  हो मैले राजनिती दलहरुमा देखीएको बिक्रीती , बिचलन , ब्यक्ती बिकाशका कारण स्वतन्त्र राजनीत िनेतृत्व गर्ने जमर्काे गरेको थिए तर राजनीती भन्दा पनी सामाजीक काम नै आफुलाइ प्यारो लागेको बताउँनु भयो । मलाइ बिशेष गरि राजीनीतीमा आउँन पर्ने मुख्य कारण भनेको  आफुले शिक्षण पेशा गरिरहेको बिद्यालयमा अनाबश्यक राजीनती करण  गरिएको ले शिक्षा क्षेत्रलाइ राजनीतकिरणबाट  टाढा राख्नका लागी पनी मेरो राजनीतीमा सक्रियताको अनीबर्यता देखीएकोले साथीहरुले मलाइ अगाडी बढाएका थिए ।
 ९ तपाइ  त्यस बेला कुन बिद्यालयमा कार्यरत रहनु भएको थियो
 म साबीक ठुलो सिरुवारी गाँउको जेठो बिद्यालय सेतीदेबी माध्यमिक बिद्यालय कोट डाँडामा  काम गरिरहेको थिए । मैले त्यही बिद्यालयमा रहँदा   बिद्यालयहरुमा भएको अनीयमितता रोक्नका लागी शिक्षण पेशाबाट राजीनाम दिएर स्वतन्त्र राजनितीमा अगाडीm आउँने प्रयास गरेको थिए ।
 अन्तमा  केही छ की  मैले धेरै कुरा गर्नु भन्दा पनी काम गर्नु मानीसको बिश्वास गर्ने गरेको छु । त्यसैले मैले पनी कुरा भन्दा कामको बिशषयमा नै ध्यान दिने  गरेको छु तैपनी तपाइको लोकप्रिय समचार  मार्फत म के भन्न चाहान्छु भने मलाइ यँहा सम्म आइ पुग्न शूरुको अध्ययन गर्दाको समय देखी हाल सम्म निरन्तर रुपमा मेरो चाहाना अनुसार को सहयोग गर्नु  हुने सबै श्रदेय गूरु जन देखी  यो  मेरो सानो भनाइलाइ सर्बत्र छर्ने प्रेरेणा दिने लोक प्रिय नेत्रज्योती सञ्चार समुहका नेत्र बस्नेत लाइ समेत बिशेष धन्यबाद दिन चाहन्छु। आगामी दिनमा समेत नियमित सहयोगको आशा राखेको छु ।








, ,