बिद्यार्थी लाइ पोशाक बाँडदै राज्य लक्ष्मी


 सिन्धुपाल्चोक जिल्ला स्थित चौतारा साँगाचोकगढी नगरपालीकाको समाज सेबी  राज्य लक्ष्मी श्रेष्ठको पहलमा नगरका केही बिद्यालयका केही बिद्यार्थीहरुलाइ  बिद्यालयमा  अध्ययन गर्नका लागी आबश्यक पर्ने  कापी कलमका साथै पोशाक बितरण गरिएको छ ।


ग्रामीण स्वास्थ्इ सेवा गुठी  बिशाल नगर काठमाण्डौ सँग सम्मन्वय गरेर यस बर्ष मात्र ज्ञान मन्दिर नमुना मा बि ,वनदेबि मा बि, र डडुवा भवानी शङ्कर माबी मा गरेर ७२ जनालाई पोशाक समेत बितरण गर्नु  भएको छ ।
आफ्नो पिता  राजेन्द्र प्रसाद श्रेष्ठको स्मृतीमा  आफ्नो समेत लगानीमा यसरी पोशाक बितरण गरिएको हो । पेशामा शिक्षीका पनी भएका कारण बिद्यालयमा आय आर्थीक कम्जोरी रहेका अपाङ्गता भएका अशाय बालबालीकालाइ छात्रबृत्ती सहित  पोशाकको ब्यबस्था  गर्न प्रेरेणा मिलेको  बताउँदै आगामी दिनमा अझ बढी बिद्यार्थीहरुलाइ  सहयोग गर्ने योजना रहेको बताउँनु भयो ।
उँहाले यस बर्ष जाडो मौसममा बनदेबी मा २१ जना र ज्ञान मन्दिरमा ३५ जना बिद्यार्थी लाइ स्टेशनरि र कपड़ा  बितरण गार्नु भएको थियो भने डडुवाभवानी शङ्कर माध्यमिक  बिद्यालयमा ग्रामीण स्वास्थ्य शिक्षा सेवा गुठिको तर्फ बाट १६ जनालाइ सहयोग गरिएको बताउँनु भयो । उँहाले स्थानीय समाज सेबी तथा शिक्षा प्रेमी नेत्रबहादुर बस्नेतले उक्त बिद्यालयमा अध्ययन गर्ने बिद्यार्थीहरु लाइ छात्रबृत्तीको समेत माग गर्नु भएकोले आगामी बर्षका लागी संस्था सँग पहल गरिरहेका श्रेष्ठले बताउँनु भयो ।  २०६० साल देखि सिन्धुपाल्चोकका केही बिद्यालयहरुमा  बिद्यालय पोशाक तथा  छात्रबृत्ती  बितरण गर्नुका साथै  जिल्लका पाठेघर खसेको महिलाहरुलाइ निःशुल्क उपचार र शल्यक्रिया गरेर  सेवा दिइ रहेको ग्रामीण स्वास्थ्य शिक्षा सेवा गुठिले छ

,
Lokpriyasamachar@. Powered by Blogger.