बलेफीमा मानव बेचबिखन विरुद्ध कार्यक्रम

 बलेफी गाउँपालिकामा “मानब बेचबिखन विरुद्ध आवाज बुलन्द गरौ, मानब अधिकारको प्रत्याभूतिका लागि ससक्त पाहिला चालौ“ भन्ने नाराका साथ एक कार्यक्रम सम्पन्न भएको छ ।
सो कार्यक्रम समाज सेवा तथा मानब अधिकारमा महिला र बालबालिका (सिविस) ले आयोजनामा गरेको हो । कार्यक्रमको प्रमुख उद्देश्य देशमा मानब बेचबिखनको परिदृस्यले मानब अधिकारको प्रत्याभूतिमाथि प्रश्न उठिरहेको बेला पिडितको पहिचानमा सुधार गरि जोखिम न्युनिकरणमा द्रिधतापुर्वक लाग्ने ।
साथै स्थानिय, रास्टिय तथा अन्तर्राष्ट्रिय रुपमाहुने मानबबेचबिखन रोकथाममा जोड दिई  मानबबेचबिखन जस्तो जघन्य अपराधमा सग्लग्न पीडकहरुलाई यथासिग्र कानुनि कठघरामा ल्याउन तथा पिडितको न्याय माथिको पहुचलाई सुनिस्चित गर्न केन्द्रित हुने । यस्तÞा अपराध बिरुद्ध सरोकारवाला निकायसंगको सहकार्यलाई प्रभाबकारी ढंगबाट अघाडी बडाउन सबै एकजुट भयर लाग्ने उद्देश्य भएको सिबिसका जिल्ला संयोजक नवराज सापकोटाले बताउनुभयोे ।
कार्यक्रममा सहभागी ४० जना भन्दा बढि जनप्रतिनीधि तथा सरोकारवालाहरुले मानव बेचविखनको अन्त्य र मानव अधिकारको सुनिश्चितताका लागि ब्यानरमा सामुहिक रुपमा हस्ताक्षरसमेत गरेका थिए ।

,
Lokpriyasamachar@. Powered by Blogger.