याङग्रि लार्केको पानि काठमाडौं लान नदिने टासि लामा

पाँचपोखरी थाङ्पालगाउँपालिकाका अध्यक्ष टासि लामाले मेलम्ची भोताङ देउरालि सम्मको बाटो कालोपत्रे नभएसम्म  याङग्रि लार्केको पानि काठमाडौं लान नदिने बताउनुभएको छ । उहाँले यस बाटोको नाम परिबर्तन गरी पाँचपोखरी पर्यटन सडक नामाकरण गरीएको पनि जानकारी दिनुभयो । भोताङदेवि माध्यमिक विद्यालय द्धारा आयोजित दोस्रो क्षितिज सिकाइ मेलामा सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । अध्यक्ष लामाले भौतिक तथा गुणस्तरको हिसाबले गाउँपालिकाका ३४ विद्यालयलाइ नै नमुना बनाउन लागि परेको पनि बताउनुभयो । मातृभाषाको शिक्षक ब्यवस्था गरी सम्भोटालिपि पढाउन गाउँपालिकाले सहयोग गरेको पनि जानकारी दिनुभयो । मेलामा पाँचपोखरीथाङ्पाल गाउँपालिकाका चिलाउने, रैथाने, थाङ्पालधाप, सातकन्यामति, लागर्चे, भोटेनाम्लाङ्, माध्यमिक विद्यालयले विभिन्न शैक्षिक सामग्रिको स्टल राखेका थिए ।

कार्यक्रममा मेलम्ची नगरपालिका तथा चौतारा साँगाचोकगढि नगरपालिकाका विभिन्न विद्यालयले पनि सहभागिता जनाएका थिए । टिच फर नेपालका फेलो शिक्षकहरुको सक्रियतामा भएको सो कार्यक्रममा काठमाडौंका विभिन्न कलेजहरुले पनि शैक्षिक जानकारी दिने स्टल राखेका थिए । मेलामा विद्यार्थिहरुले नाँच, गित,न  कविता साथै नाटक समेत प्रस्तुत गरी दर्शकहरुलाइ मनोरन्ज प्रदान गरेका थिए । विद्यायल व्यबस्थापन समिति अध्यक्ष निर बहादुर लोप्चनको अध्यक्षतामा भएको कार्यक्रममा हेल्प नेपालका जिमि लामा, वडा नम्बर तिनका वडा अध्यक्ष ङिमा क्षिरिङ तामाङ, लगाएतले सम्बोधन गर्नुभएको थियो । मेलाको तेस्रो संस्करण भोटेनाम्लाङ माध्यमिक बिद्यालयले आयोजना गर्ने गरी भोताङ देवि माध्यमिक विद्यालयका प्र. अ चन्द्रलाल श्रेष्ठ भोटेनाम्लाङ मा .विका प्र अ गोपि पराजुलिलाइ तुल हस्तान्तरण गर्नुभयो । यसअघि पहिलो मेला रैथाने मावि थाङ्पालकोटमा भएको थियो ।

Lokpriyasamachar@. Powered by Blogger.