रेडक्रस सम्बन्धि अभिमुखिकरण सम्पन्न

 रेडक्रस सम्बन्धि अभिमुखिकरण सम्पन्न भएको छ । नेपाल रेडक्रस सोसाइटी सिन्धुपाल्चो जिल्ला शाखाले जिल्लाको थाङपालकोट र भोताङमा एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको हो ।


पुष २७ र २८ गते सञ्चालन गरीएको अभिमुखिकरण कार्यक्रममा वडा प्रतिनिधिहरुको समेत सहभागिता रहेको थियो ।
समुदायमा रेडक्रस सम्बन्धि ज्ञानको बिकास गराउने उदेश्यले सोसाइटीले आफ्नो कार्यक्रम क्षत्रमा अभिमुखिकरण कार्यक्रम सञ्चालन गरेको हो । समुदायका बुद्धिजिबि रेडक्रसका अजिबन सदस्य तथा स्थानिय व्यक्तिहरुको सहभागीतामा अभिमुखिकरण कार्यक्रम सञ्चालन गरेको हो । कार्यक्रमा रेडक्रको स्थापाना,रेडक्रसको सिद्धान्त,रेडक्रस चिह्र रेडक्रसका अंगहरु र त्यसका काम कर्तव्य हरु तथा रेडक्रसले सञ्चालन गरीरहेको गतिबिधि हरुको बारेमा क्षलफल गरीएको थियो ।
कार्यक्रमको सहजिकरण नेपाल रेडक्रस सोसाइटी सिन्धुपाल्चोकका राजकुमार लम्सालले गर्नु भएको थियो । कार्यक्रमले स्थानिय बासिन्दालाई रेडक्रस सम्बन्धि चेतना बडाएको सहज कर्ता लम्सालले जानकारी दिनु भयो । साथै नेपाल रेडक्रस सोसाइटीले तयार पारेको फिलम मुभिङ माउन्टेन समेत प्रर्दशनि गरीएको थियो । सो फिलिम १९९० र २०७२ को भुकम्प र भुकम्प बाट कसरी सुरक्षीत हुने भन्ने सम्बन्धमा तयार परीएको थियो ।

, ,
Lokpriyasamachar@. Powered by Blogger.