सुनकोशी र भोटेकोशी बराबरीमा

बलेफी गाउँपालिका जिल्ला स्तरीय फुटबल अन्तरगत मंगलबार भएको पहिलो खेल बराबरीमा टुङ्गिएको छ ।
सुनकोसि तथा भोटेकोशि गाउपालिका बिच भएको खेल २–२ गोलको बराबरीमा टङ्रगिएको हो । सुनकोशीको तर्फबाट कृजल खड्रका र विक्रम माझिले १ –१  गोल गरेका थिए भने भोटेकोशिको तर्फबाट  तेन्जिन शेर्पा र विजय श्रेष्ठले गोल गर्नुभएको थियो । पहिलो खेलको म्यान अफ द म्याच कृजल खड्रका घोषित भएका छन् ।
यस्तै दोश्रो खेलमा चौतारा र्सागाचोकगढि नगरपालिका र  मेलम्ची नगरपालिकासंगलाई ४ का विरुद्ध २ गोलले हराउदै जित दर्ता गराएको छ । आज विहान ९ बजे इन्द्रावाती र सुनकोशी गाँउपालिका  र दिउँसो २ बजे  बाह्रविशे नगरपालिका र मेलम्ची नगरपालिका विच खेलहुने आयोजकले जनाएको छ ।
यसअघि २३ गते भएको पहिलो खेलमा बाह्रविसेले  विजय हात पारेको थियो ।
विहान ९ बजेबाट लामोसाघु स्थित बसन्तपुर खेल मैदानमा भएको खेलमा चौतारा सांगाचोकगढि नगरपालिकालाई ० का विरुद्ध १ गोलले हराउदै बाह्रविसे विजई भएको थियो ।
बाह्रविसेका पुष्कर भण्डारीले गरेको पहिलो गोलनै जितका लागि निणयक गोल बनेको थियो । पहिलो खेलको म्यान अफ द म्याच चौताराका सरोज भुजेल हुनुभएको थियो ।
यसैगरी दिउँसो भएको दोश्रोखेलमा  हेलम्बुलाई ० का विरुद्ध १ गोलले पराजित गर्दै  लिसङ्खु पाखर विजई भएको थियो ।

,
Lokpriyasamachar@. Powered by Blogger.