बाह्रबिसे नगरपालिकाको सार्बजनिक सुनुवाई कार्यक्रम सम्पन्न


कमला गुरुङ
बाह्रबिसे
स्थानीय तहको कामलाई जबाफदेही, पार्दर्शीता र सुसाशनमय ढङगबाट लैजाने उदेश्यले बाह्रबिसे नगरपालिकामा सार्बजनिक सुनुवाई कार्यक्रम सञ्चालन गरिएको छ ।
कार्यक्रममा विभिन्न राजनैतिक दलका ब्यक्तिहरु, पत्रकार, स्थानीय ब्यक्ति, सुरक्षाकमी लगायतको उपस्थिीति रहेको थियो । बिभिन्न नागरिकहरुले गरेको प्रश्नको उत्तर दिदै सार्बजैनिक कार्यक्रममा बाह्रबिसे नगरपालिकाका प्रमुख निमफुञ्जो शेर्पा ले, ९ वटा वडाका वडा अध्यक्षहरुले गुनासो राखेका ब्यक्तिहरुको जबाफ दिनुभएको थियो ।
प्रमुख प्रशासकीय अधिकृत फणिन्द्र पौडेलले आब २०७५ को आर्थिक प्रगति प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो । मेयर शेर्पाले बाह्रबिसे नगरपालिकामा विकासका कामहरु भईरहेको र घरघरमा गई घुम्ती शिबिर सञ्चालन गरेको नागरिकता नपाएका ब्यक्तिलाई नागरिकता सहज ढडगबाट बितरण गरेको जानकारी दिनुभयो । बजार पहिलेको तुलनामा सफा भएको र बजार क्षेत्र भन्दा अलि टाढाको बस्तीमा फोहोर अलि ब्यबस्थिीत नभएकोले अब छिटै त्यसलाई पनि ब्यबस्थिीत गरी बाह्रबिसे बजारलाई सफा र सुन्दर बजार बनाउने बताउनु भयो । त्यसैगरी उपमेयर प्राखिनले राजनीतिक मतभेद नराखी नगरपालिकाको चौतर्फी विकासको लागी हातेमालो गरी अगाडी बढ्न सबैलाई अनुरोध गर्नुभयो । सार्बजैनिक कार्यक्रमको लोकप्रिय रेडियोनेत्रज्योती १०६.६ बाह्र्रबिसे र लोकप्रिय रेडीयो प्लानेट८९.१चौताराले प्रत्यक्ष प्रशारण गरेको थियो ।


,
Lokpriyasamachar@. Powered by Blogger.