टि.आई नेपाले ग¥यो सरोकारवाला विच अन्र्तक्रिया



राधिका गिरी भुकम्पपछिको पुनर्निमाणको कार्यलाई समयमा नै सक्नका लागि आम सरोकारवालाहरुको भुमिका बढाउन का लागी पौष २३ गते एक छलफल कार्यक्रम गरिएको छ ।

ट्रान्सपरेन्सी इन्टरनेशनल नेपाल द्वारा सञ्चालित भुकम्पछिको पुनर्निमाण र पुनस्र्थापनामा सदाचार कार्यक्रम अन्र्तगत  पुर्ननिर्माण संग सम्बन्धित सरोकारवालाहरुसंग जिल्लामा पुनर्निमाणको अवस्था, समस्या, चुनौति र समाधानका लागि सरोकारवालाहरुको भुमिका विषयमा अन्र्तक्रिया सम्पन्न भएको हो ।
उक्त छलफमा जिल्ला आयोजना कार्यन्वयन इकाई अनुदान व्यवस्थापन तथा स्थानिय पुर्वाधार, भवन र शिक्षाबाट हाल सम्म भएको पुनर्निमाण प्रगती बारे जानकारी गराईएको थियो । जिल्लामा निजि आवासको पुर्ननिमार्णको तथ्याङ्क हेर्दा पहिचान भएका  भुकम्पपिडित लाभग्राहि ८७००१ जना मध्ये ५६ हजारले मात्रै तस्रो किस्ता लिएका छन् ।
जिल्लामा पुनर्निमाणलाई गतिदिन नसक्नुमा प्रतिनिधि लाभग्राहिमा भुक्तानी, स्थानिय तहमा सुचना प्रवाहमा ढिलाई, प्रवलिकरणमा प्रगति नुहुन , भौगर्भिक अध्ययनको नतिजा छिटो नआउनु, जोखिमयुक्त बस्तीमा नै घर निमार्ण हुनु, र विस्थापितहरुले आफुखुसी जग्गा खरिद गरि जग्गा खरिद अनुदानको लागि आउनुले पनि सोचे अनुरुप प्रगति नभएको बताए ।   उक्त अन्र्तक्रियामा सहभागिहरुले हाल सम्म सम्झौता नभएको , किस्ता प्राप्त नभएको, विद्यालय पुनर्निमाणको कार्य अगाडी नबढेको जस्ता विषय उठाउका थिए ।  उक्त कार्यक्रमा जिल्ला आयोजना कार्यन्वयन इकाई अनुदान व्यवस्थापन तथा स्थानिय पुर्वाधार, भवन र शिक्षाबाट क्रमश ः रवि धिताल, कृष्ण ज्ञवाली र कृष्ण प्रसाद सुवेदीको साथै विभिन्न सरोकारवालहरुको सहभागिता रहेको थियो । उक्त कार्यक्रममा संस्थाका प्रशासकिय अधिकृत दिनानाथ भट्टराईले कार्यक्रम बारे प्रकाश पार्नु भएको थियो भने टि.आई नेपालका कार्य समिति सदस्य बुद्धि नारायण श्रेष्ठको अध्यक्षतामा भएको थियोे । ट्रान्सपरेन्सी इन्टरनेशनल नेपाल विगत ३ वर्ष देखि भुकम्पपिडित नागरिकहरुको सहयोगका लागि आफ्ना गतिविधि अगाडी बढाई रहेको छ । 

,
Lokpriyasamachar@. Powered by Blogger.