काँचुली फेर्दै माझी बस्ती


लोकप्रिय समाचार
२०७२ सालको भुकम्पका कारण थलिएको चौतारा सँगाचोक ढी नगरपालिका  वडा नं १४ स्थित माझी बस्ती यत्तिखेर तङिग्रने क्रममा छ । भुकम्पले ढलेका घरहरु क्रमश नयाँ आकार र स्वरुपमा खडा हुँदैछन । चर्किएका जमिनहरुमा सुन्दर बाटो र बगैँचा निर्माण हुँदैछ अनी आफ्नो सर्वस्व गुमाएर शिथिल बनेका माझिहरुको आत्मबिश्वासमा आशाको नयाँ अंकुर पलाउन थालेको छ  ।
नायिका श्वेता खड्काले २ बर्ष अगाडि आफ्नो स्वर्गिय पती नायक श्रीकृष्ण श्रेष्ठ प्रती समर्पण स्वरुप सिन्धुपाल्चोक जिल्ला  चौतारा सँगाचोक गढी  वडा नं १४ स्थित झ्याडी  बस्तीलाइ नमुना बस्तीको रुपमा बिकास गर्नको लागि अगुवाई लिए पस्चात् अहिले झ्याडीटोलका माझीहरुको जीवनमा परिवर्तनका संकेतहरु देखिन थालेका छन् ।
अरनिको हाईवेबाट १० किलोमिटर भित्र रहेको, यातायातको पहुँचबाट बञ्चित, दुर्गम  माझीबस्ती यतिखेर सुगम बस्तिको रुपमा बिकास हुँदैछ । मध्य पहाडी लोकमार्गले पनि  माझी बस्तिसंग साईनो गाँस्न आईपुग्नुले यातायातको सहजता बढ्ने भएकोछ । आफ्नै वडा कार्यालयमा पुग्न ३ घण्टा उकालो चढ्नु पर्ने र बजारमा किनमेल गर्न ४ घण्टा पैदल हिंड्नु पर्ने बाध्यता अब केही महिना पछी हट्नेमा ढुक्क छन माझिहरु ।
२ बर्ष अगाडि सम्म प्रती आना ३० हजारको मुल्यमा बेचबिखन हुने माझिटोलको जग्गाको भाउ अहिले १ लाखभन्दा माथि पुगेको छ । हिजोको दिनमा झ्याडीटोल भन्ने स्थान पनि छ भन्ने धेरैलाई थाहा थिएन तर  एकिकृत बस्तीको निर्माण संगै माझिटोललाई नियाल्न आउने आगन्तुकहरुको शंख्या दिननुदिन बड्दो छ ।
“दुई बर्ष अगाडि हामीले कल्पेको बस्तिले अहिले मुर्त रुप पाइरहेको छ” स्थानिय युवा काजिराम माझी भन्छन् “एकिकृत बस्तिको निर्माण संगै हाम्रो सपना साकार हुँदैछ ।”  स्वर्गीय नायक श्रीकृष्ण श्रेष्ठको स्मृतिमा स्थापना गरिएको श्वेताश्री फाउण्डेशनले एकीकृत बस्ती निर्माणको जिम्मेवारी लिएर हाल बस्ती निर्माणको काम धमाधम अगाडि बढाईरहेको छ  ।
टुकी संघ सुनकोशीमा कार्यरत यज्ञराज कार्की लगायत   स्थानिय संचारकर्मी नेत्र बहादुर बस्नेत, झमलादेबीका प्रधानाध्यापक लालबहादुर श्रेष्ठ, हाल वडाअध्यक्ष समेत रहनु भएका  शेर बहादुर श्रेष्ठ र स्थानिय  दिनेश माझी, लगाएतका ब्यक्तीहरुको पहलमा नायिका श्वेता खड्काले सो बस्ती बिकासका लागि तत्परता देखाएपछी स्थानीय माझीहरु  हौसिएका थिए ।  टुकी संघ सुनकोशीमा कार्यरत  रहँदा उक्त बस्तीमा पुग्नु भएका यज्ञराज कार्कीले लोकप्रिय समचारमा लेखेको लेख प्रकाशीत भए पछी सो समाचार पढेर माझी बस्ती भ्रमण गर्न पुगेकी नायिका खड्काले बस्ती निर्माणको लागि आफुले सहजिकरण गर्ने प्रतिबद्दता जाहेर गरिकी थिईन ।

नेपाल सरकारबाट भुकम्प पीडित परिवारलाई प्राप्त हुने ३ लाख अनुदान र  बैंकबाट प्राप्त ४ लाख सहुलियत रिण गरी प्रतिघर रु ७लाखको लागतमा ५३ वटा घर निर्माण गरिने र सो बाहेकका भौतिक पुर्वाधारहरु  जस्तै सामुदायिक भवन, बाटो ,नाला, बाल बगैंचा र पानीको फोहोरा लगाएतका पुर्वाधारहरु श्वेताश्री फाउण्डेशन मार्फत गरिने योजना बमोजिम थालअनी गरिएको आवास निर्माणको काम लगभग अन्तिम चरणमा पुगी सकेको छ ।
आवास निर्माणको कामको समाप्ती संगै अब भौतिक पुर्वाधार ब्यवस्थापनको काम सुरु गरिने बताउँदै श्वेताश्री फाउण्डेशनका परियोजना ब्यवस्थापक यज्ञराज कार्कीले सोको लागि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले २ करोड १२ लाख रकम बिनियोजन गरिसकेको जानकारी दिदै   श्वेताश्री फाउण्डेशनको पहलमा प्राधिकरणले छुट्ट्याएको सो बजेटले आगामी ६ महिना भित्रमा आवश्यक भौतिक  पुर्वाधारहरुको ब्यवस्थापन गर्ने योजना रहेको समेत अवगत गराए ।  
सरकारबाट अनुदान स्वरुप  प्राप्त एक करोड १४ लाख, श्वेताश्री फाउण्डेशनको २३ लाख र नायिका खड्काको व्यक्तिगत २८ लाख निर्माण कार्यमा खर्च भईसकेको र बजारबाट १करोड ६० लाख बराबरको सामाग्री उधारोमा ल्याएर आवास निर्माणको काम गरिरहेको माझी मस्तिलाई अझै पनि आर्थिक समस्याले छोडेको छैन ।
बस्ती निर्माणका क्रममा निक्कै समस्या र बाधाहरु आएता पनि स्थानीय युवाहरुको अग्रसरतामा निर्माणको काम गर्न आफुलाई सहज भएको  बताउदै नायिका खड्काले भनिन् “माझीटोलका युवाहरु जस्ता मेहनतिला र जुझारु युवा मैले बिरलै देखेको छु जस्को साथ बिना यो काम असम्भवनै थियो ।
“बस्ती निर्माणका क्रममा सरकारी अनुदान र बैकबाट पाउनु पर्ने सहुलियत रिण समेत समयमै नपाउनेले आर्थिक संकटको चपेटा पारीरहेको अवस्थामा नायिका खड्काले आफ्नै घर धितो राखेर २८ लाख रिण लिई बस्ती निर्माणको कामलाई सुचारु गराएकी छिन । अब भने लक्ष्मी बैंकले सहज र सरल तरिकाले माझी बस्तिलाई आवास कर्जा उपलब्ध गराउने भएको जानकारी दिदै झ्याडी टोल सुधार समितीका सदस्य राजन माझीले अबको १ हप्ता भित्र कर्जा परिचालन सुरु गर्न बैंक तयार रहेको बताए ।
 अबको ८ महिना भित्र चौतारासँगाचोक गढी नगरपालिका भित्र एउटा अतिनै सुन्दर, रमणिय र ब्यवस्थित बस्ती बिकास हुनेमा कुनै शंका नरहेको बताउँदै १४ नं वडाका निर्वा्चित सदस्य तथा स्थानियवासी मिलन माझीले भने “ ईन्द्रावतीको सुसेलीसंगै बिलाएको हामी माझिहरुको पिंडाका सुस्केराहरु  अब सुरिलो संगीतमा बदलिने अवस्थामा पुगेको छ र हाम्रो दुस्खद जीवनले काँचुली फेर्न लागेको अनुभव भईरहेको छ ।“
ईन्द्रावती नदीको किनारमा बन्दै गरेको  नमुना माझी बस्तीलाई होम स्टे गन्तब्यको रुपमा बिकास गरी आन्तरिक र बाह्य पर्यटक भित्र्याउने लक्ष्य समेत बोकेको  यो परियोजना अन्तिम चरणमा पुगेको छ । 

Lokpriyasamachar@. Powered by Blogger.