४० जना कृषक उद्यमिहरुलाई च्याउ खेति तालिम


 अश्मी स्याङतान ,माघ १७, सिन्धुपाल्चोक
 सिन्धुपाल्चोक जिल्ला स्थित चौतारा साँगाचोक गढी नगर पालीका भित्र रहेका  नागकिहरुलाइ आय आर्जन मुलक कायृ क्रम अन्तर गत  तिन दिने च्याउ खेती तालीम समापन भएको छ ।

चौतारा साँगाचोक गढी नगरपालकिाका उप प्रमुख जानुका रिाजुलीको प्रमुख अतीथ्यतामा तालिमको अन्तिम दिन बिहीबार एक कार्यक्रमका बिच  प्रशिक्षार्थिहरुलाई प्रमाणपत्र बितरण गरिएको छ । प्रमाण पत्र दिदै चौतारा सागाचोकगढि नगरपालिकाका उपमेयर पराजुलीले नगरले हाल विभिन्न सिप मुलक तालिमहरु दिदै आएको बताउनु भयो । साथै तालीममा सहभागीलाई सिताके च्याउ उत्पादन गरेर आफ्नो आम्दानी बढाउन आग्रह गर्दै बजार ब्यवस्थापनमा नगरपालिकाले पहल गर्ने बताउनुभयो । तालिममा सहभागी भएकाहरुले उत्साहित हुदै अब आफुहरुले पनि सिताके च्याउ खेती गर्न विस्तारै कदम चाल्ने बताएका छन् ।
तालिममा चौतारा सागाचोकगढि नगरपालिकाका १४ वटै वडावाट ४० जना कृषक उद्यमिहरु सहभागी भएका थिए । सामाजिक अभियान नेपालको आयोजना तथा चौतारा सागाचोकगढि नगरपालिकाको सहयोगमा  यो तालिम  भएको हो । चौतारासाँगाचोकगढी नगरपालीका वडा नं १०जल्कीनीमा तालीम संञ्चालन भएको हो।

महिला उद्यमि वृद्धिका ४० जना कृषक उद्यमिहरुलाइ व्यवसायिक सिताके च्याउ खेति गर्ने २ दिने सिपमुलक तालिम दिएको छ । तालिममा सहभागीलाई पहिलो दिनमा विशेषगरी सिताके च्याउ उत्पादन गर्न सैदान्तिक कुराहरु  प्रयोगात्मक रुपमा सिकाइएको आयोजक संस्थाका अध्यक्ष सिता थापाले बताउनुभयो । उहाँले महिलाहरुलाई केन्द्रित गरि उनिहरुको आयआर्जनमा वृद्धि गर्ने उदेश्यले यस तालिमको आयोजना गरेको बताउनुभयो ।
यसैगरी विगत ७ वर्षदेखि च्याउ उत्पादन गर्दै आउनु भएका प्रशिक्षक नारायण खतिवटाले सिताके च्याउ उत्पादन गर्ने तरीका प्रयोगात्मक रुपमै सिकाएको बताउनुभयो । च्याउ उमार्न उतीसको मुडा प्रयोग गरेको र उमार्ने सबै विधि प्रयोग गरेपछि कस्तो ठाउमा राख्ने हेर्चाह कसरी गर्ने कुरामा जोड दिएको बताउनुभयो । आफैले पनि सिताके च्याउ बेच्दा ५०० सय किलोमा बिक्री गरेको उहाँले भन्नुभयो । यो च्याउले सजिलै बजार पाइने स्वास्थ्यका लागि पनि फाइदा जनक रहेको बताउनुभयो ।

, , ,
Lokpriyasamachar@. Powered by Blogger.