पारस्पारिक जवाफदेहिता र सुशासनका लागी निगरानीको आबश्यकता


 पारस्पारिक जवाफदेहिता र सुशासनका लागी  निगरानीको आबश्यकता रहेको सरोकारवालाहरुले बताएका छन् । सिन्धुपाल्चोक जिल्ला स्थित  नेपाल पत्रकार महासंघको सभाहलमा भएको छलफलमा सरोकारवालाहरुले यस्तो बताएका हुन् । नागरिक समाजका संघसंस्थाका गठबन्धन बैठकमा यस्तो बताएका हुन् । यु. एस . ए. आइ  डी को सहयोगमा एफ .एच. आइ.३६०को सहयोगमा  उक्त छलफल भएको थियो ।


सामुदायिक सारथीबाट   संचालित नागरिक समाज पारस्पारिक जवाफदेहिता कार्यक्रम  सिन्धुपाल्चोकको आयोजनामा उक्त कार्यक्रम भएको हो ।  गैर सरकारी संस्था महासंघ सिन्धुपाल्चोकको अध्यक्ष गोबिन्द सापकोटाको अध्यक्ष्यतामा भएको बैठकको  सहजीकरण समेत सामुदायिक सारथीले गरेको थियो ।   छलफमा स्वास्थ्य, शिक्षा , कृषि र प्रकृती प्रकोप न्यूनिकरणका लागी  सिन्धुपाल्चोकमा कृयाशिल रहेका  संस्थाका प्रतिनिधीहरु सदस्य रहने गरि  गठबन्धन संञ्जालको पुर्नगठन समेत गरिएको छ ।   पुनर्गठित सञ्जालको संयोजकमा  पुनः सापकोटालाई संयोजक बनाइएको आयोजक संस्था सामुदायिक सारथीका जिल्ला संयोजक हिरा बहादुर खड्काले जानकारी दिनु भएको छ । सिन्धुपाल्चोकको बिद्यमान दुइवटा बिषयलाइ  अगाडी बढाउन एकजुट भएर लागने समेत प्रतिबद्धता ब्यक्त गरेका छन । जसमा स्थानीय तहमा रहेका स्थानीय सरकार सँग सम्मन्वय गरेर स्थानीय तहका प्रतिनिधी र संञ्जालका प्रतिनिधीहरु बिचमा छलफल गर्न पर्ने अर्काे भुमीहिन भुकम्प प्रभाबीतको जग्गा धनी प्रमाण पुर्जा नहुँदा  पुननिर्माणमा समस्या र  ग्रामीण सडक वा कृषी सडकको  लगत कट्टा नहुँदा  भुमीकर तिर्न नागरिक बाध्य भएको हुँदा  लगत कट्टा तथा जग्गा धनी पुर्जाका लागी  पैरबी गर्न सबै तहबाट  लागी पर्न पर्ने  अध्यक्ष सापकोटाले छलफलमा बताउँनु भएको छ।  सापकोटाले  संञ्जाललाइ दिगो रुपमा भबिष्यमा समेत अगाडी बढाउँने र पारस्पारिक जवाफदेहिता र सुशासनका लागी निगरानीका कार्यक्रमहरु गर्दै जाने बताउँनु भयो । नेपाल पत्रकार महासंघका उपाध्यक्ष ज्ञानेन्द्र तिमील्सिनाले पैरबीका लागी आबशयक सहयोग गर्नका लागी पत्रकारहरु तैयार रहेको बताउँदै  सञ्जालले पनी आवश्यकता अनुसार कार्यक्रमहरु गर्न पर्ने बताउँनु भएको छ । छलफलमा  गैर सरकारी महासंघको पुर्ब अध्यक्ष तथा सामाजीक अभियान्ता सोम सापकोटाले  पारस्पारिक जवाफदेहिताका लागी पारदार्शीतामा पनी ध्यान दिन पर्ने भएकाले यसले पारदार्शीतालाइ  प्रथमिकतामा राखेको समेत बताउँनु भएको संयोजक खड्काले जानकारी दिनु भयो । 

, , , , , ,
Lokpriyasamachar@. Powered by Blogger.