डडुवामा शहरी स्वास्थ्य केन्द्रको स्थपना


 नगरका नागरिक स्वस्थ्य रहे मात्र नगरको बिकाश स्वस्थ्य रहने चौतारा साँगाचोक गढी नगर पालीकाका प्रमुख अमान सिंह तामाङ्गले बताउँनु भएको छ ।

चौतारा साँगाचोक गढी नगर पालीका वडा नं १४ गैरीटारमा स्थापित शहरी स्वास्थ्य केन्द्रको उद्धघाटन गर्दै  उँहाले त्यस्तो बताउँनु भएको हो ।  कार्यक्रममा उँहाले  आआफ्नो  संस्कार संस्कृती  र धर्मलाइ सरक्षण गर्नका लागी नगर पालीकाले बिशेष सहयोग गरिरहेको बताउँदे नगरमा ब्रम्हाण पण्डीत बन्न चाहानेका लागी पनी पण्डीत पढाउँन नगरपालकिा तैयार रहेको बताउँनु भयो ।
१४ नं वडाका तामाङ्ग बस्तीका लागी पुजा कार्यमा चाहीने आबश्यक बाजा सामाग्री समेतको ब्यबस्थगा गरेर तामाङ्ग समुदयको माग सम्बोधन गरिने बतायँनु भयो । चौतारा साँगाचोक गढी नगर पालीकाका प्रमुख प्रशाशकीय अधिकृत यन्द्र प्रसाद बस्यालले स्वास्थ्य केन्द्रको स्थपना मात्र गरेर नहुने त्यसको संरक्षण र सम्र्बधन गर्दै त्यसको उपयोग गर्न पर्ने बताउँनु भयो ।
वडा अध्यक्ष शेर बहादुर श्रेष्ठले  वडाका हरेका नागरिकलाइ स्वास्थ्यको पहुँच पुर्याउँनका लागी आफुहरु लागी परेको बताउँदै   आगमाी दिनमा खानेपानीको ब्यबस्थाका लागी बिशेष योजना अगाडी सारिएको बताउँनु भयो । कार्यक्रममा वडाअध्यक्षहरु राम प्रसाद गौतम , उमा प्रसाद दुलाल, नरमान श्रेष्ठ, तोक बहादुर तामाङ्ग, सानोकन्छा श्रेष्ठ,  नगर स्वास्थ्य बिभागका शिब पुरी स्थानीय समाज सेबी बलबहादुर तामाङ्ग लगाएतले मन्तब्य राख्नु भएको थियो ।
सामाजीक बिकाश मन्त्री युबराज दुलाल  शरदको बिशेष पहलमा उक्त शहरी स्वास्थ्य केन्द्र स्थपनाको लागी पहल गरिएको मा सबैले बिशेष धन्यबाद समेत दिइएको थियो । कार्यक्रमको लोकप्रिय रेडीयो प्लानेट ८९.१ चौतारा र रेडीयो लोकप्रिय नेत्रज्योती १०६.६ मेगाहर्ज बाह्र्बिसेबाट प्रत्यक्ष प्रसारण गरिएको थियो । 

, , ,