पूननिर्माणको जिम्मा स्थानीय तहलाई

लोकप्रिय समाचार
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्प प्रभावित ३२ जिल्लाका स्थानीय तहहरूलाई पुनर्निर्माणको कार्यजिम्मेवारी, साधनस्रोत र अधिकार हस्तान्तरण गरेको छ ।
संघीय संसद् अन्तर्गतको राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले संस्थागत दिगोपना बढाउन र सङ्घीयताको कार्यन्वयनका लागि प्राधिकरणले स्थानीय तहलाई अधिकार हस्तान्तरण गरेको जानकारी दिनुभयो ।
भूकम्प प्रभावित जिल्लाहरूमा २ सय ८४ स्थानीय तह छन् । प्राधिकरणले अभियानका रूपमा स्थानीय तहहरूसँग ११ बुँदे समझदारी गरी अधिकार हस्तान्तरण गरेको थियो । सङ्घ, प्रदेश र स्थानीय तहका जनप्रतिनिधिहरू सहित जिल्ला पुनर्निर्माण समितिहरुलाई सक्रिय पारेको जानकारी दिँदै प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले यसबाट सङ्घ, प्रदेश र स्थानीय तहबीच समन्वय भई पुनर्निर्माण अझ प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो । समितिले निजी आवास, शैक्षिक संस्था, सम्पदा, स्वास्थ्य संस्था, एकीकृत बस्ती लगायतलाई प्राथमिकताका आधारमा पुनर्निर्माण गर्न निर्देशन दिएको छ ।

Lokpriyasamachar@. Powered by Blogger.