सिन्धुपाल्चोकका कानुन ब्यबसायी प्रहरी हिरासतमा


 सिन्धुपाल्चोक जिल्लाको सदरमुकाम स्थित कानुन ब्यबसायी पुन्य प्रसाद खनाललाइ  प्रहरीले पक्राउ गरि हिरासतमा राखेको छ । सिन्धुपाल्चोक जिल्लाको बलेफी गाँउपालीकाको (नाम लेख्न नमिल्ने )४ नंका ब्यक्तीको जन्म दर्ता किर्ते गरेको आरोपमा   पक्राउ गरिएको  बताइएको छ । उँहालाइ सरकारी कागजात किर्ते अनुसन्धानको क्रममा  पक्राउ गरिएको हो । उँहालाइजन्म दर्ता किर्ते अभयिुक्तहरुलाइ छुटाउँन सहयोग गरेको आरोप लागेको छ ।  यस सम्बन्धमा जिल्ला प्रहरी कार्यलयका सुचना अधिकारी प्रहरी नायब उपरिक्षक बिमलराज कर्णेल सँग सँम्पर्क राख्दा उँहाले अनुसन्धानको क्रममा रहेकाले केही भन्न नसकिने बताउँदै छानबिनको क्रम सकिए पछी सबै जानकारी गराउँने बताउँनु भयो ।खनालका बिरुद्ध कानुन ब्यबसायी  काउन्सिलमा समेत उजुरी परेको छ । चौतारा साँगाचोक गढी नगर पालीका पोखरेकी ग भनीने एक महीलाको बलात्कारी बिषयको मुद्धामा   पिडीत र पीडक दुबै तर्फको मुद्धा आफैले लेखेर आफैले बहस गरेको  भन्दै काउन्सिलमा उजुरी परेको  छ । खनाल जिल्ला अदालत सिन्धु पाल्चोकका बैतनीक अधिबक्ताको रुपमा समेत काम गरिरहनु भएको थाहा भएको छ । 

Lokpriyasamachar@. Powered by Blogger.