इन्द्रावतीको वृहत गुरुयोजना अन्तरक्रिया

ईन्दावती गाउपालिका वृहत गुरुयोजना सम्बन्धी दुई दिने अन्तरक्रिया कार्यक्रम धुलिखेतमा सम्पन्न भएको छ । अन्तरक्रियाबाट ईन्द्रावति गाउपालिकाले निमार्ण गरेको गुरुयोजना कार्यन्वयनका लागि अन्तिम रुप दिन विज्ञहरुबाट सुझाव संकलन गरेको छ ।
छलफलमा १२ ओटै वडाका अध्यक्ष तथा विषयगत कार्यलयका प्रमुखहरु सहभागि थिए । विज्ञको सुझावका आधारमा गाउपालिकाले बनाएका केहि निति परीमार्जन समेत भएका छन् ।
उद्यमसिलताको विकासमा जोड दिने, कृषक पाठसाला संचालन, सडक क्षेत्रमा हरीयालिको लागि अम्रिसो राप्ने , पशुपालनको लागि छुटै घासेमैदान निमार्ण लगातका योजनाहरु गूरु योजनाभित्र परेका छन् । यस्तै शिक्षा विकासका लागि प्रयोगात्मक र वैज्ञानिक प्रविधि अपनाउने, खानेपानी योजना, आधुनिक रंगशाला र समग्र ईन्द्रावति बिकासको भाबि योजना समेत जोडेर गुरु योजना बनाईएको छ । 
दिगो बिकासको सुचकलाई आधार बनाएर   अगाडि बढ्ने ईन्द्रावति गाउँ पालिका अध्यक्ष वंशलाल तामाङले बताउनुभयो ।

,
Lokpriyasamachar@. Powered by Blogger.