आगामी बैशाख देखी तातोपानी नाका संञ्चालनमा आउँने


नेपाल र चीन जोड्ने मुख्य नाका  तातोपानी नाका २०७६ बैशाख महिना भित्रमै सञ्चालनमा ल्याउने तयारी  भइरहेको छ । वार्षिक २० अर्ब बराबरको  कारोवार  भइ रहेको  नाका बन्द हुँदा राजस्वमा समेत  ठुलो  घाटा ब्यहार्न परेको थियो । २०७२ वैशाख १२ को विनासकारी भूकम्प र पोहीरोका कारण बन्द भएको नाका  खुल्न लागेको हो ।नाका सञ्चालनमा ल्याउन यतिबेला पूर्वाधार विकासको काम तीव्र रुपमा अघि बढाइएको छ। क्षतिग्रस्त सडक, पुललगायत पूर्वाधारको काम तिब्र रुपमा  भइरहेको छ। सुख्खा बन्दरगाह निर्माण अन्तिम चरणमा पुगेको छ। यी सबै काम चीन सरकारको सहयोगमा भइरहेको छ। दैनिक झण्डै २ सय मजदुर निर्माणमा खटिएका छन्।‘बिहान ६ बजेदेखि राति १० बजेसम्म काम हुन्छ,’ सीमा प्रहरी चौकी कोदारीका प्रहरी निरीक्षक हिरा महराले नागरिकन्यूजसँग भने। अत्याधुनिक मेशिनरी औजारसहित पूर्वाधार निर्माण भइरहेको छ। भूकम्पले नाका जोड्ने सडक र संरचना क्षतिग्रस्त बनायो। लगत्तै अर्को साल २०७३ असार २१ को भोटेकोसी बाढीले जगैदेखि सडक र संरचना बगायो। नेपाल–चीन जोड्ने मितेरी पुल क्षतिग्रस्त भएको थियो । क्षती ग्रस्त पुल हटाएर नयाँ पुल बनाउने काम सुरु भइसकेको छ। आठ मिटर फराकिलो र१२ मिटर चौडा भएको मितेरी पुल बन्दै छ। चीन भ्रमणका बेला सभामुख कृष्णबहादुर महराले त्यहीँबाट यो पुलको शिलान्यास गर्नु भएको थियो । पटक पटकको छलफल पछी  नाका खोल्न दुई देशबीच भएको सहमति अनुसार चीनले  बैशाख महिनाभित्रै पूर्वाधार बनाएर बन्दरगाहसहितका संरचना नेपाललाई हस्तान्तरण गर्ने र  नाका सञ्चालनमा ल्याउने तयारी रहेको छ ।


, ,
Lokpriyasamachar@. Powered by Blogger.