जनजागृती माबीको बार्षीक उत्सब सम्पन्न


 नेपालमा पछिल्लो समयमा हत्या र हिंसाले प्रश्रय पाएको   भान भइरहेको पुर्ब मन्त्री तथा माननीय साँसद अग्नी प्रसाद सापकोटाले बताउँनु भएको छ ।


उँहाले   नेपालमा  बिगतका दिनहरुमा  भन्दा  पछिल्लो समयमा  बलत्कार , हिंसा भएको समचार आइरहेको र त्यसमा  आफुलाइ पनी  डिा भएको बताउँदै यस्तो समचार सुन्दा आफु मर्माहित भएको स्पस्ट पर्नु भयो । उँहाले यस्तो अबस्था भए पछी साँसदमा सत्ता पक्षकै भए पनी देशमा  बिभिन्न मितीमा भएको बलत्कार तथा हत्याको  बिषयमा यथार्थता जनसमक्ष  ल्याउँन  माग गरेको बताउँनु भयो । उँहाले  सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोक गढी नगरपालीका वडा नं १२ स्थित जनजागृती माध्यमिक बिद्यालयको ६८औ बार्षीक  उत्सवको उद्धघाटन गर्दै यस्तो बताउँनु भएको हो । 
जनजागृती माध्यमिक बिद्यालयको बार्षीक उत्सवको अबशरमा गरिएको ।श्रोत केन्द्र , स्तरिय प्रतियोगितात्मक संस्कृती कार्यक्रममा प्रथम हुने बिद्यार्थीहरुले देखाएको कलाको प्रशंसा गदैं बास्तविकतामा रहेर  कला प्रस्तुत भएकोमा बिशेष धन्य बाद दिनु भयो । उँहाले शिक्षको बिकाशका बारेमा  दारणा राख्दै गुण स्तरिय शिक्षाका लागी सबै शिक्षक बिद्यार्थी अभिभावकहर लागी पर्न पर्ने समेत बताउँनु भयो । बिद्यालय को बार्षीक उत्सबलाइ सम्बोधन गर्दै चौतारा साँगाचोक गढी नगर पालीकाका प्रमुख अमान सिंह तामाङ्गले गुण स्तरिय शिक्षकाको ब्यबस्था नै आजको आबश्यकता  भएको ले  यसको ब्यबस्था गर्न पर्ने बताउानु भयो । उप प्रमुख जानुका पराजुलीले  नगर पालीकाले  आफ्नै पहलमा नमुना बिद्यालयको स्थपना गर्न लागेको बताउँदै त्यसका लागी जनजागृती माबी पनी हुन सक्ने बताउँनु भयो । नेपाली काँग्रेसका जिल्ला सचिब बिल बहादुर तामाङ्गले बदलीदो परिस्थितीलाइ समेत समाबेशी तरिकाले शिकाइको ब्यबस्था गर्न पर्ने बताउँदै प्रयोगात्मक शिकाइको बिकाश गर्न पर्ने बताउँनु भयो ।
बिद्यालय ब्यवसथापन समितीका अध्यक्ष इन्द्र बहादुर गिरीले जनजागृती माबीलाइ जिल्लाकै नमुना बिद्यालयको रुपमा बिकाशश गर्न चाहेकोले सबैको सहयोग र साथ चाहीएको बताउँनु भयो ।  पुर्ब बिद्यार्थी समाजका अध्यक्ष हरिबहादुर कार्कीले थोपा थोपा मिलेर समुन्द्र बन्ने भएकाले  सबै मिलेर जे जस्तो सकेको सहयोग जुटाउँदै बिदालयलाइ स्तर उन्नती गर्न सहयोग गर्न पर्ने बताउँनु भयो ।  बिद्यालयका प्रधाध्यापक पदम प्रसाद पराजुलीले बिद्यालयको बार्षीक प्रतिबेदन प्रस्तु गर्नु भएको थियो ।
वडाअध्यक्षहरुको तर्फबाट बेलबहादुर महत बिब्यस सदस्य चक्र बहादुर  तामाङ्ग लगाएतले  शुभकामना मन्तब्य  राख्नु भएको थियो । बिद्यालयको बार्षीक उत्सब समारोहमा बिभिन्न  प्रतियोगात्मक   कार्यक्रममा प्रथम द्धित्तीय र तृतीय हुनेला पुरस्कार प्रदान गरिएको थियो । प्रतियोगितामा रामदेबी माबी  प्रथम जनजागृती माबी दोश्रो र  गोल्मादेबी माबी तेश्रो र डडुवा भवानी शङ्कर माबी डडुवाले  सान्तोना पुरस्कार प्राप्त गरेका  थिए । समारोह बिद्यालय ब्यबस्थापन समितीका अध्यक्ष इन्द्र बहादुर गिरीको सभापतित्वमा सम्पन्न भएको थियो ।    समारोहको रेडीयो  लोकप्रिय नेत्रज्योती १०६.६ बाह्र्बिसे र लोकप्रिय प्लानेट ८९.१ चौताराबाट प्रत्यक्ष प्रसारण गरिएको थियो । 




, ,