खानेपानी स्वच्छ हुनु जरुरीः डा थापा

सबैभन्दा महत्वपूर्ण कुरा  स्वच्छ खानेपानी रहेको र सबै जिल्लाका नागरिकहरु खानेपानीकै कारण रोगी बन्ने गरेको उदाहरण रहेको र त्यसका लागि सबैभन्दा पहिले खानेपानी स्वच्छता रहनुपर्ने जिल्ला स्वास्थ्य कार्यालयका डा. पोमावती थापाले बताउनुभएको छ ।
उहाँले खानेपानीको मुहान सफा रहनुपर्ने, मुहानमा कुनैपनि प्रकारको फोहोर छ कि छैन भनेर हेर्नुपर्ने, पानीको समय समयमा जाँच गर्नुपर्ने बताउँदै जिल्ला स्वास्थ्य कार्यालय सिन्धुपाल्चोकले जिल्लाका कुनैपनि निकायले खानेपानीको परीक्षण गराउन चाहेमा हाललाई पानी र मूलको परीक्षण निःशुल्क गराइने व्यवस्था मिलाइएको बताउनुभएको छ ।




उहाँले जुगल थालखर्क होल्चे खानेपानी उपभोक्ता समिति चौताराद्वारा आयोजित खानेपानी सुरक्षा समितिको बैठकमा सम्बोधन गर्दै उक्त कुराको जानकारी दिनुभएको हो । सिन्धुपाल्चोकमा १२ वटा स्थानीय तह रहेको र १२ वटै तहबाट माग भई आएमा वा आवश्यक देखिएमा निःशुल्क खानेपानी योग्य छ कि छैन भनेर परीक्षण गर्ने व्यवस्था मिलाइएको बताउँदै खानेपानीको मुहानमात्र सफा भएर नहुने पानी जमाउने ट्याङ्की पनि सफा हुनुपर्ने र उक्त ट्याङ्कीलाई सधैं सफा राख्नुपर्ने बताउनुभयो ।
कार्यक्रमको सञ्चालन गर्दै खानेपानी सुरक्षा समितिका सदस्य समेत रहनुभएका स्वास्थ्यकर्मी केशव नापितले सदरमुकाम चौताराकै प्रायः ट्याङ्कीहरु धेरै वर्षसम्म सफा नगरेकोले त्यसको सरसफाईमा ध्यान दिनुपर्ने बताउनुभयो ।  समितीका अध्यक्षता गरिरहनु भएका कृष्ण बहादुर ठकुरीले  अब खानेपानीका कर्मचारीहरुले सेवा र सुविधाको विषयमा समितिका पदाधिकारीहरुसँग आफ्नो भनाई राख्नुपर्ने तर सरसफाईका लागि र आम उपभोक्ताका लागि स्वच्छ खानेपानी उपलब्ध गराउन रेन्यु, पाइप र माटो अनि मुहानसँग समन्वय गरी सफा र स्वच्छ खानेपानी वितरणमा अगाडि बढ्नुपर्ने बताउनुभयो ।
अर्का सदस्य माधवप्रसाद उप्रेतीले उपभोक्ताहरुले खाइरहेको पानी कत्तिको सफा र राम्रो छ भन्ने विषयमा समितिले विषेश योजना राखेर अगाडि बढ्नुपर्ने बताउनुभयो । खानेपानीका मिनप्रसाद ढुङ्गानाले आफूले तालिम प्राप्त गरेपछि मुहानबाट आउने पानी ट्याङ्कीमा राखिने केमिकल र उपभोक्ताले खाने पानीका बारेमा एकिन भएर काम गर्नुपर्ने बताउँदै सफा र स्वच्छ तरिकाले खानेपानीको व्यवस्था गर्नुपर्ने बताउनुभयो ।   

, , , , ,
Lokpriyasamachar@. Powered by Blogger.