अब चौतारामा नै स्नातकोत्तर पढ्न पाइने २२गते वृहत भेला

नेत्र बहादुर बस्नेत
 सिन्धुपाल्चोक जिल्लामा  पनी अब  स्नातकोत्तर अध्ययन गर्न पाइने भएको छ ।  सिन्धुपाल्चोक जिल्लाको  सदरमुकाम  स्थित चौतारा साँगाचोक गढी नगरपालीका वडा नं ५मा रहेको चौतारा बहुमुखी क्याम्पसमा अब सिन्धुबासी लगाएत छिमेकी जिल्लाका बिद्यार्थीहरुले नेपाली र अंग्रेजी बिषयमा स्नातकोत्तर  पढ्न पाउँने भएका हुन। त्रिभुवन बिश्व बिद्यालयबाट माघ ७ गते चं नं ५५५क्याम्पस लाइ एम ,एड कक्षा संञ्चालनको अनुमती दिए पछी ।

भर्ना पनी खोलेको छ । क्याम्पस संचालक समितीका अध्यक्ष पुर्ब माननिय  कृष्णराज श्रेष्ठले  यो अभियानलाइ सफल पार्न आआफ्नो ठाउँबाट भुमिका खेल्ने सबेैलाइ धन्यबाद दिदै यसको स्थाइत्वकालागी पनी अझबढी सहयोगको आबश्यकता परेकाले सबैको सहयोगका लागी अनुरोध गर्नु भयो । क्याम्पस प्रमुख नगेन्द्र प्रसाद दङ्गालले आजै देखी भर्ना खोलिएको  र  १०गते सम्म भर्नाको लागी आबेदन लिने १९ गते  भर्नाको लागी  परिक्षा लिने कार्यक्रम रहेको  बताउनु भएको छ । यसरी  सिन्धुपाल्चोक जिल्लामा स्नातकोत्तर तहमा  पढाइको शुरुवात भएकोमा जिल्लाबासी खुशी रहेका छन ।यसै बिच  चौतारा बहुमुखी क्याम्पसको पूर्व विद्यार्थीहरुको संस्था एल्मुनाई एशोसिएसनको भेला  माघ २२गते हुने भएको छ ।   बिहान ११बजे क्याम्पसको प्रङ्गणमा साधारण सभा (वृहत भेला) हुने भएको हो । भेलामा क्याम्पसको शैक्षिक उन्नयनको लागि समेत छलफल गर्नुपर्ने भएको हुँदा  क्याम्पसका पूर्व विद्यार्थीहरुकोे उपस्थितीको लागि  क्याम्पसले सबै मा हार्दिक अनुरोध समेत गरेको छ ।

, ,
Lokpriyasamachar@. Powered by Blogger.