विकासका कार्यमा अगाडि बढ्दै भोटेकोशी गाउँपालिका

सिन्धुपाल्चोक जिल्लाको प्रसिद्ध नाका तातोपानी भन्सारसम्म रहेको  भोटेकोशी गाउँपालिका बिस्तारै विकासको कार्यमा अगाडी बढीरहेको छ । भोटेकोशी  गाउँपालिकामा विकासप्रेमी तथा युवा समाजसेवी राजकुमार पौडेल प्रमुखमा निर्बाचित भएपछि लगत्तै बसेको पालिकाको बैठकले विकासका पुर्वाधारहरुका बारेमा समेत विशेष योजना अगाडि सारेको थियो ।
विशेष गरेर भोटेकोशी गाउँपालिकाले पहिलो  प्राथमिकतामा राखेकोे शिक्षा, स्वास्थ्य, खानेपानीे सडक, खानेपानी, कृषि लगयत विभिन्न विकासका कार्यक्रमहरु रहेका छन् ।  यस सम्बन्धमा विभिन्न वडाहरुमा स्वास्थ्य भवन निर्माणहरु भइ रहेका छन् भने विद्यालयको भवन निर्माण तथा अन्य विकासका कामहरु तिब्र रुपले अगाडी बढीरहेको छ । 
भोटेकोशी गाउँपालिकामा २०७१को बाढी पहीरोका साथै २०७२ सालको भूकम्पले  जिल्लाको अरु पालिका भन्दा बढी क्षति पु¥याएको गाँउ पालिका हो । त्यस कारण पनी यो पालीकाको काममा केही ढिलाइ देखिएको भएता पनी पछिल्लो समयमा आएर बिकाश निर्माणका कामहरु तीव्र रुपले अगाडी बढी रहेको छ । शुरु शुरुमा कँहा कसरी काम गर्ने भन्ने अन्यौलताका कारण केही कार्यहरुका बारेमा जानकामरी लिन केही समय लागेको भएता पनी हाल प्रशाशनमा बिज्ञ र पदाधिकारीमा पनी कामको मेलो मेसो भएका कारण पनी बिकाशका कामहरुमा तिब्रता आएको स्थानीयबासीहरुको भनाइ रहेको छ । भोटेकोशी गाँउपालीकाको ५वटा वडा मध्य तिनवटा वडामा बिपक्षी पार्टीले बिजेता हासिल गरेको भएता पनि प्रमुख उपप्रमुख तथा प्रमुख प्रशाशकीय प्रमुखले सबैलाई समान व्यवहार गरेका कारण कुनै पनी बिबाद नभइ बिकाका कामहरु भइ रहेका छन ।  पालीका प्रमुख राजकुमार पौडल भोटेकोशी गाउँपालिकामा तीन वटा वडाहरु कांगे्रस, दुई वटा वडाहरुमा  नेकपाले जितेको अवस्था हो, तर हामी जुन राजनीतिक दलहरुबाट आएपनि कुनेै किसिमको मतभेद भएको छैन ।
पालिकाका सबै पदाधिकारीहरु  एकघरका परिवार जसरी मिलेर काम गरिरहेको स्पष्ट पार्दै  विकासको एउटा अवधारण लिएर अगाडी बढिरहेको,विशेष योजनाहरुलाई हामी डी.पि.आर गरेका छौ  भन्दै पहिलो सडक निर्माणका कुराहरुको डि.पि.आर, पर्यटकीय हिसावले त्यसलाई व्यवस्थित गर्ने भनेर एकमतका साथ दिर्घकालीन रुपमा योजनाहरु बनेका र कृषि, शिक्षा स्वास्थ्य क्षेत्रमा औषधी व्यवस्थापन गर्ने जस्ता मध्यम खालका योजनाहरु समेत तय भएको बताउँनुभयो ।
भुकम्पबाट तहसनहस भएको तातोपानी धारालाई बिकाश गरेर पर्यटकलाइ ढुक्क साथ आउँने बाताबरण बनाउँन लागेको हुँदा  पहिलो प्राथमिकतामा राखेर  तातोपानी धारालाई व्यवस्थीत गर्न लागेको समेत पौड्यालले बताउनुभयो । उँहाले पुराना गुम्बाहरु निमार्ण गर्ने, भैरवकुण्डमा रहेको तालका कारण पर्यटकमा थप आकर्षण बढ्ने हुँदा मोटर बाटो लैजान बाटो निर्माणकोे सुरुवात पनि गरेको जानकारी दिँदै बुद्व स्तुपा बनाउनका लागि पहल गरिसकेका  बताउँनु भएको छ । भोटेकोशीको बिकाशका लागी  २९ जनाको  समुह रहेको र सो समुहले एकमतका साथ बिकाश का कार्यहरुमा अग्रसर रहेर काम गरिरहेको बताउँदै प्रमुख पौडेलले  छ, स्थानीय नागरिकलाई विदेश पलायन हुनबाट रोकेर विभिन्न कृषि तथा पशुपालान तर्फ उन्मुख गराउने प्रयास गरेका रोजगारिका लागि विभिन्न प्रकारका योजनाहरु अगाडी ल्याएर भएपनि बिदेशीनबाट रोक्नका लागी आफुहरु लागी परेको बताउँनु भयो । 
उपप्रमुख दाबुटी शेर्पा आफुले सबैलाइ समानता देखाए पछि अरुले भन्ने कुनै पनी ठाँउ नरहने बताउँदै सबै वडाका जनप्रतिनीधीहरु सबैलाइ सम्मानका साथ उँहाहरुका बिचार सुनेर उँहाहरुको उचित बिचारलाई सम्मान नगरी अपमान गरे मात्र बिबाद हुने हो । सबैलाइ  नियमानुसार उचित सम्मान गर्न सकेको ठाँउमा कुनै बिबाद नहुने बताउनुहुन्छ ।
सिन्धुपाल्चोक जिल्लाको स्थानीय तहहरुको तुलनामा बिशेष गरी भोटेकोशी गाउँपालिका भूकम्पले तहसनहस भएको ठाउँ हो । गाउँपालिकामा बढि भूकम्पले क्षेति पु¥याएका हँुदा  सुरक्षित आवासका लागी  बिशेष ध्यान दिन पर्ने देखिन्छ । भोटेकोशी गाँउ पालीकाको बिकाशका लागी निर्वाचित पदाधिकारी  कर्मचारी सबैको एक मतका आधारमा  अगाडी बढीरहेका कारण  जिल्लाकै   पहिचान बोकोके तातोपानी भन्सारको  नाका खाल्नका लागी पनी सरकारलाई सहज भएको सजिलै अनुमान गर्न सकिन्छ । 
सिन्धुपाल्चोक जिल्लामा तिन नगर पालिका र नौ गाँउपालिका रहेका छन् । जस मध्य  सबेको ध्यान केन्द्रीत रहेको यो पालिकाको विकासको गतिका कारण स्थानीयहरु खुशी भएका छन् ।

,
Lokpriyasamachar@. Powered by Blogger.