जुरेपिडीतलाइसहयोगको पहल शुरु


लोकप्रियसमचार,सिन्धुपाल्चोक जिल्ला मा २०७१ सालमा गएको  पहिरोका  कारण  बिस्थापित भएका पिडतिहरुको राहतको लागी उठेको सहयोग रकम बितरण गर्नका लागी  पहल सुरु गरिएको छ ।
जिल्ला बिपद ब्यबस्थापन समितीका अध्यक्ष  एबम प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद अधिकारी को अध्यक्षतामा बिहीबार बसेको बैठकले सो रकम बितरणका लागी बिषेश चासो देखाएको हो ।
जिल्ला समन्वय समितीको सभाहलमा माननिय अग्नीप्रसाद सापकोटा, सरेश नेपाल, इन्द्रमाँया गुरुङ्ग, निमा लामा,  पुर्ब माननियहरु अमृतकुमार  बोहोरा, मोहन बस्नेत, सुभाष कर्मचार्य राजनिती दलका जिल्ला स्थित प्रतिनिधीहरु लगाएतको बैठक बसेको थियो । बैठकले भूकम्प पीडितको लाभग्राही बनी राहत लिएको भएतापनी जुरे पहिरो  पीडितहरु सबैलाई वितरणको लागी केन्द्रीय बिपद ब्यबस्थापन समिती सँग अनुरोध गर्ने निर्णय गरेर पिडीतलाइ छिटो सहयोग रकम बितरण गर्न तत्परता देखाएको हो । 
२०७१ साल साउन १७ गते साविक मांखा र राम्चे गाविसको जुरेमा भिषण पहिरो गएको र उक्त पहिरोबाट पीडित भएका व्यक्तिहरुलाई राहत दिन जनस्तरबाट रकम संकलन गरी सो रकम नेपाल बैंक लिमिटेडको चौतारा शाखामा जम्मा गरिएको थियो  । उक्त रकम पहिरो पिडित हरुलाई वितरण गर्ने सम्बन्धमा २०७५ साल भाद्र १३ गते  जिल्ला विपद् व्यवस्थापन समिति सिन्धुपाल्चोकले उक्त पहिरो पीडितहरुको नाम नामेसी र न्यायोचित वितरणको लागी तयार गरीएको मापदण्ड अनुसार वितरण गर्ने निर्णय हुन गृह मन्त्रालयमा अनुरोध गरी पठाइएको थियो ।
सोही विषयमा तत्कालीन केन्द्रीय दैवी प्रकोप उद्धार समितिको २०७३ बैशाख २७ को निर्णय समेतलाई आधार लिइ गृह मन्त्रालयको प्रस्ताव वमोजिम मिति २०७५ कार्तीक २९ को मन्त्रीपरिषद्को निर्णयमा  एउटै परिवारले भूकम्प पीडित र पहिरो पीडित बनी दुवै विपद्को दोहोरो राहत सुविधा नपाउने गरी वितरणको व्यवस्थापन गर्ने भनी निर्णय भई जिलला बिपद ब्यबस्थापन समितीमा आएको आएको हुादा उक्त रकम बितरण रोकीएको थियो  । 
यस सम्बन्धमा बिहीबार बसेको बैठकले २०७१ को जुरे पहिरोबाट प्रभावित भएकाहरु स्वयंले ऋण धन गरी बनाएको घर टहरा (आवास) पनि पहिरोको पीडा सेलाउन नपाउँदै पुनः २०७२ को भूकम्पका कारण भत्कन पुगेको, पहिरो र भूकम्प दुवै विपद्को सामना गर्नु परेको कारण आर्थिक तथा सामाजिक रुपमा समेत प्रभावितहरु अत्यन्त कमजोर तथा दारुण अवस्थाको जीवन विताईरहेको हुदाँ सम्बद्ध पालिकाहरुको स्थानीय विपद् व्यवस्थापन समितिको उल्लिखित निर्णयबाट उक्त राहत एउटै विपद् बापतको देहोरो सुविधा पाएको भनेर भन्न मिल्ने अवस्था  नरहेका, २०७१ को जुरे पहिरोबाट प्रभावित घर पिरवारले आफ्नै खर्चबाट ऋण धन जोहो गरी बनाएको आवास पनि पुनः २०७२ सालको भूकम्पबाट क्षति भएको हुदाँ उल्लिखित पहिरोबाट प्रभावित भएका सबै घरपरिवारले रकम पाउनु पर्ने देखीएको बैठकले निर्णय गरेको छ । जुरे पहिरोबाट र भुकम्पबाट भएको क्षतिलाई अलग अलग ब्यवहार गरी भूकम्पपिडितको लाभग्राही बनी राहत लिएको भएतापनी जुरे पहिरो प्रभावितको कारुणिक अवस्था हेरी जनस्तरबाट निजहरुकै नाममा संकलन गरी नेपाल बैंक लिमिटेड चौतारा शाखा राहत कोष खातामा राखिएको रु.  दुइ करोड चौबिस लाख छैसठी हजार छ सय सन्ताउन्न र पचासी पैसा सबै घर परिवारलाई उपलब्ध गराउन स्थानीय विपद् व्यवस्थापन समिति बाट निर्णय गरी  केन्द्र सँग अनुरोध गरिएको जिल्ला बिपद ब्यबस्थापन समितीका  सदस्य सचिब तथा साहयक प्रमुख जिल्ला अधिकारी दुर्गा बन्जाडेले  जानकारी दिनु भयो । २०७१साल साउन १७ गते गएको जुरे पहिरो बाट  १४५जनाको ज्यान गएको थियो भने १३०घर पुर्ण रुपमा नष्ट भइ ४७ घर आसींक रुपमा क्षेती भएको थियो ।

, ,