धरलोधुवाले दोलालघाटका होटेल व्यवसायि मारमा
एकराज श्रेष्ठ, दोलालघाट
भुतकालमा नउल्झ, भबिस्यको सपनामा नहराउ,बर्तमानमा ध्यान देउ,यहि खुशी रहने बाटो हो“
सायद यसै वाणीलाइ शिरोधर गर्दै होला दोलालघाट पर्यटन प्रवद्धन समाज केन्द्र दोलालघाटले अरनिको राजमार्ग अन्तर्गत दोलालघाट को पुलबाट आफ्नो सरसफाइ अभियान शुरु गरेको छ ।
सवारी आगमन हुदा सवारी साधन संग उढ्दै आएको धुलोले छेउ छाउका होटेल ब्यावसायी लगायत अन्य ब्यावसायीहरुको ब्यावसायमा प्रत्यक्ष असर परि रहेको छ ।यस प्रदुषणबाट कसरी बच्ने र कसरी यसबाट छुटकारा पाउने भन्ने बारेमा सदैव चिन्तामा रहेका छन यहाका स्थानियहरु । यसरी यश दोलालघाटको वातावरणिय नै धमिल्याने कार्य भै रहेको महिनौ भई सक्दा पनि कोही कतैबाट कुनै संघ सस्थाले समाधान तर्फ ध्यान नदिएको होटेल ब्यावसायी द्वारिका श्रेष्ठ बताउछन ।
ढिलै भएनी पर्यटनले गरेको समाधानी पक्षको शुरुवाती कार्य प्रति खुशी हुदै दोलालघाटका स्थानीय, संघ सस्थाका प्रतिनिधीहरु समेतले सहभागिता जनाएको थियो । भुम्लु गाउँपालिकाका उपाध्यक्ष कल्पना श्रेष्ठले यस अभियानमा सहभागी जनाउदै दिर्घकालिन रुपमा निरन्तरता दिन आग्रह गर्नुका साथै सडक छेउका बन्द नालीहरु यथासिघ्र खुलाउन आवश्यक भएको हुदा यस पक्षमा पनि लागि आइपर्न सुझाव दिनुका साथै आवश्यक सहयोग गर्ने प्रतिबद्धता पनि गर्नु भएको थियो ।
यस अभियानमा पुर्व जि.वि.स. सदस्य सुरेश कुमार कक्षपति, दुलालेश्वर मावि प्रअ लगायत शिक्षक शिक्षिका, दुलालेश्वर साकोसका अध्यक्ष बलराम श्रेष्ठ, दुलालेश्वर क्लका कोषाध्यक्ष सुन्दर श्रेष्ठ, क्लवका पुर्व सचिव प्रेमकृष्ण श्रेष्ठ, प्रहरी चौकीका इन्चार्ज तारामणि श्रेष्ठ, नवनिर्माधिन हाम्रो दोलालघाट राम्रो दोलालघाट संस्थाका अध्यक्ष तेजकाजी श्रेष्ठ लगायत थुप्रै दोलालघाट बासीहरुले सहभागिता जनाएको थियो ।
अन्तमा पर्यटनका अध्यक्ष रमेश लामाले आफू दुलालेश्वर बातावरणिय तथा समाज सेवा क्लवको १२ बर्ष नेतृत्व गरेको अनुभवलाइ स्मरण गराउदै यदि सबैले हातमा हात मिलाइ साथमा साथ मिलाइ सहयोग गरेमा सदैव समाज हितको निमित गर्ने कार्यमा पछि नपर्ने प्रतिबद्धता गर्नु भयो ।