डडुवा भवानीशंकर माविको ५८ औँ वार्षीक उत्सब सम्पन्न

लोकप्रिय  समचार 
चौतारा साँगाचोकगढी नगरपालिका १४ स्थित डडुवा भवानीशंकर माविको ५८ औँ वार्षीक उत्सब कार्यक्रम सम्पन्न भएको छ ।
चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख अमानसिं तामाङको प्रमुख अतिथ्यतामा बार्षिक उत्सव कार्यक्रम सम्पन्न भएको हो ।
प्रमुख अतिथीको आशनबाट कार्यक्रममा बोल्दै प्रमुख तामाङले शिक्षा क्षेत्रको सुधार भएपछि मात्रै विकासले फड्को मार्ने भएको ले शिक्ष बिकाशमा सबे लाग्न पर्ने बताउँनुभयो । ‘शिक्षाको विकास गर्नका लागि नगरपालिकाले शैक्षिक सु्धारको  लागी धेरै  नयाँ योजना ल्याएको छ’ उहाँले भन्नुभयो ।
विद्यालयमा शैक्षिक अवस्था सुधार गर्नको लागि शिक्षकले मात्रै नभएर अभिभावकको भूमिका पनि महत्वपूर्ण हुने  हँदा त्यो भुमिका निर्बाह गर्न डडुवाबासी लागी परेकोमा आफुलाइ खुशी लागेको बताउँनु भयो । उहाँले नगरपालिकाले शिक्षाको लागि अनेकौँ प्रयासहरु गरेको त्यसलाई साथ र सहयोग गर्न सबैलाई अपिल समेत गर्नुभयो ।
विद्यालयको शैक्षिक अवस्था सुधार भएपछि मात्रै बालबालिकाले गुणस्तरीय शिक्षा पाउँनसक्नेमा उहाँले जोड दिनुभयो । विद्यालयमा शिक्षक थप्नका लागि आबश्यक पहल गर्ने समेत तामाङ्गले उद्घोष गर्नुभयो । चौतारा साँगाचोकगढी नगरपालिका १३ का वडाध्यक्ष रामप्रसाद गौतमले धेरै व्यवस्था परिवर्तन भएपनि चाहेका काम गर्न नसकेको बताउँनुभयो ।
जनताका आशा र भरोसाका कुरा पूरा गराउनका लागि आफुहरु सदैव लागिपरेको उहाँले बताउँनुभयो । चौतारा साँगाचोकगढी नगरपालिकाको वडाध्यक्ष शेरबहादुर श्रेष्ठले विद्यालयको शैक्षिक अवस्था पछिल्लो समयमा सुध्रदै गएको  बताउँनुभयो । शैक्षिक अवस्था राम्रो भएपनि आर्थिक अभावको कारणले थप शैक्षिक गुणस्तरमा वृद्धि गर्न नसकेको तर्फ जानकारी गराउँदै शिक्षाका बिकाशका लागी सबैले एक भएर अगाडी बढ्न पर्ने बताउँनु भयो ।
विद्यालयको शैक्षिक अवस्था सुधारको लागि सबैले सहयोग गर्न  समेत अनुरोध  गर्नुभयो ।कार्यक्रममा मन्तव्य राख्र्दै समाजसेबि नकुल नेपालले राम्रा विद्यार्थी तीन जना राम्रो पढाउनका लागि प्रोत्साहन दिने अभिभावक पाँच जना र राम्रो पढाउने शिक्षकलाई  दस दशहजारका दरले प्रोतसाहन पुरस्कार दिने घोषणा गर्नुभयो । समाजसेवी नेपालले दिएको  प्रोत्साहन  पुरस्कारको धन्यबाद दिदै विद्याथीृ पास गराउन मात्र दबाब दिने होइन नपढने विद्यार्थीलाई फेल गराउन दबाब दिने  अभिभावक  हुनपर्ने बताउँनुभयो ।
पूर्व विव्यस अध्यक्ष नेत्रज्योती कृषी सहकारी स.स्थाका सचिब समेत रहनुभएका सञ्चारकर्मी नेत्र बहादुर बस्नेतले विद्यालयको प्रस्तावलाई सबै मिलेर कार्यन्वयनमा ल्याउन पर्नेमा जोड दिनुभयो ।  उँहाले अब डडुवा वडा नं १४ लाइ  कृषी पकेट क्षेत्र घोषणाको तैयारी गरिएको हुँदा सबैले आफु संँग बाँझो रहेको जमीनलाइ उत्पादनकत्वमा  प्रयोग गर्न आग्रह गर्दै नगरपालीकाका   राम्रा र उत्पादनकत्व कार्यक्रमलाइ सबैले सहयोग गर्न पर्ने बताउँनु भयो ।
पुर्बउपाध्यक्ष बाबुराम शर्मा नेपालले काम गर्ने मानिसको गल्ती हुने बताउँदै  त्यसैले केही साना तिना गल्ती को पछाडी नलागेर डडुवाको उन्नतिका लागि अगाडि बढ्न पर्छ आग्रह गर्नुभयो । उँहाले स्थानीय सरकार आए पछी स्थानीय नागरिकलाइ  बिभिन्न  बिषयमा  बढी कर लिएको गुनासो आएकाले जनतालाइ अनाबाश्यक करको मारमा मात्र राखेर बिकाश हुँदैन बिकाश गर्नका लागी सबेको सहमती चाहीन्छ भननु हुँदै सहमतीका आधारमा बिकाशका कामहर अगाडी बढाउान पर्ने बताउँनु भयो । 
स्थानीय समाज सेवी नकुल नेपालले  बिद्यालयका  अभिभाबक बिद्यार्थी र शिक्षकलाइ स्तरिय शिक्षा बिकाशमा  प्रोत्साहन दिनका लागी  प्रोत्सानको भत्ता स्वरुप  ५जना अभिभाबक, ३जना बिद्यार्थी र २ जना शिक्षकलाइ नगद १००००का दरले प्रोत्साहन  दिने  घोषणा गरेर  शिक्षा मा नयाँ  पुरस्कारको शूरुवात गर्नु भएको थियो । पुर्व  विव्यस सदस्य दामोदर सापकोटाले आगामि दिनमा राम्रा काम गर्नेका लागि अझ बढि प्रोत्साहन दिनपर्ने बताउनुभयो ।
समाजसेबि नकुल नेपालले गरेको प्रोत्साहानको घोषणाालाइ सम्मान गर्न  पर्ने बताउानु भयो ।  बिद्यालयका शिक्षक केशब प्रसाद नेपालले स्वागत मन्तब्य राखनु भएको थियो भने साहायक प्रअ सचिन नेपालले कार्यक्रम सञ्चालन गर्नु भएको थियो । 
समारोहमा विद्यालयका प्रध्यानाध्यपक बद्रिप्रसाद नेपालले विद्यालयको बार्षिक प्रतवेदन प्रस्तुत गर्नुभएको थियो । बिब्यस अध्यक्ष बलराम तामाङ्गको सभापतीत्वमा सम्पन्न भएको  उक्त बार्षीक उत्सब समारोहमा  श्रोत केन्द्र स्तरिय साँस्कृती कार्यक्रमा प्रथम हुने रामदेबी माबी जल्केनी  र गोल्मादेबी माबी लगाएतलाइ पुरस्कार समेत बितरण गरिएको थियो ।   पुर्ब बिब्यसअध्यक्षहरुलाइ सम्मान गर्दे उत्कृष्ट बिद्यार्थीहरुलाइ पुरस्कार बितरण गरिएको थियो ।  


, , ,
Lokpriyasamachar@. Powered by Blogger.