सिन्धुपाल्चोकमा बन्दको दिन खुला चौरमै उपचार

लोकप्रिय समाचार
डा.गोविन्द केसीको जीवनरक्षाको माग गर्दै चिकित्सकहरूले शुक्रबार देशभरका आकस्मिक बाहेकाका अन्य सेवा ठप्प पारेका छन् । तर, सिन्धुपाल्चोक जिल्ला अस्पतालले खुला चौरमै बिरामीको उपचार गरेको छ । 

आन्दोलन स्वरुप अस्पतालको बाहिर खुला चौरमा बिरामीका जाँच गरेको जिल्ला अस्पतालको प्रमुख पुमावती थापाले जानकारी दिनुभयो । चिकित्सकहरूको आन्दोलनले गर्दा बिरामीहरुलाई समस्यामा पर्न नपरोस् भन्ने ध्येयले खुला चौरमै बिरामीका उपचार गराएको उहाँको भनाई छ ।
सिन्धुपाल्चोक जिल्ला सदरमुकाम आसपासमा निजि मेडिककहरु धेरै छैनन् । विरामीलाई अस्पतालको सबै सेवा ठप्प हुदाँ समस्यामा पर्ने भएकाले बाहिरै सेवा दिन बाध्य भएको जनाउानुभयो । अस्पतालमा सेवा नपाउँदा बिरामीले मेडिकलमा महङ्गो शुल्क बुझाएर उपचार गराउन नपरोस् भन्ने लक्ष्यले उपचार गराएको उहाँले बताउनुभयो ।
अकास्मिक बाहेकका अन्य सेवा नपाउँदा बिरामीलाई मर्का परेको छ । नेपाल चिकित्सक संघले शुक्रबार देशभरका सरकारी, गैरसरकारी, निजी मेडिकलका सम्पूर्ण स्वास्थ्य संस्थालाई पूर्ण रूपमा बन्द गर्न आह्वान गरेको थियो ।
बिहिबारको बैठकले सरकारका कारण डाक्टर केसीको जीवन जोखिममा परेको भन्दै स्वास्त्य संस्था बन्द गराएको जनाएको छ । सरकारले डा. केसीको स्वास्थ्यमा खेलवाड गरेका भन्दै उनीहरु आन्दोलित भएका हुन् । 

चिकित्सा शिक्षा विधेयक पारित भएकोमा स्वागत गर्दै राष्ट्रिय चिकित्सक संघ र प्रगतिशील संघले आन्दोलनमा सहभागी नहुने विज्ञप्तिमार्फत जनाएको हो । एक अभियन्ताको जीवन रक्षा गर्ने नाममा अति संवेदनशील क्षेत्रमा हडताल गरेर चिकित्सक संघले नागरिक र चिकित्सकबीचको दूरी बढाउने काम गरेको दुई संस्थाको ठहर छ । संघकै आह्वानमा सोमबारदेखि चिकित्सकहरू रिले अनशनमा छन ।
राष्ट्रिय चिकित्सक संघ नेपाल र नेपाल प्रगतिशील चिकित्सक संघले भने नेपाल चिकित्सक संघको आन्दोलनमा कुनै समर्थन नरहेको जनाएको छ ।