बालसुधारले मनायो २७औं जन्मोत्सव


चौतारा साँगाचोकगढी गरपालिका– ५ छापमा रहेको बालसुधार आधारभूत विद्यालयको २७ औं वार्षिक उत्सव मनाईएको छ ।
चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख अमानसिं तामाङको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमलाई उद्घाटन गर्दै प्रमुख तामाङले शिक्षा क्षेत्रको विकासमा नगरपालिका सदैव तत्पर रहेको बताउनुहुँदै विद्यालयको शैक्षिक गुणस्तर गर्नको लागि आपूmले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
वार्षिक उत्सवको अवसरमा चौतारा साँगाचोकगढी नगरपालिकाका– ५ का वडा अध्यक्ष नरमान श्रेष्ठले स्थानीय तहमा जनप्रतिनिधिहरु आएपछि समग्र विकासमा फड्को मारेको धारणा राख्नुहुँदै शिक्षालाई गुणस्तरीय बनाउँदै लैजानुपर्ने बताउनुभयो । ‘शिक्षा क्षेत्रको विकास विना अरु क्षेत्रको विकास हुन सक्दैन’, उहाँले भन्नुभयो– ‘शिक्षालाई गुणस्तरीय बनाउन नियमित अनुगमन, विव्यसको निरन्तर प्रयासबाट र अभिभावकको सहयोगबाट सम्भव छ ।’
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक सुरेन्द्र सिग्देलले प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

, ,