बाल साहित्य सम्मेलन हुँदै

लोकप्रिय सम्वाददाता÷चौतारा
५ फागुन, २०७५ । सिन्धुपाल्चोकको सदरमुकाम चौतारामा २६औं बाल साहित्य सम्मेलन २०७५ हुने भएको छ । सम्मेलन फागुन २३ देखि २५ सम्म हुने भएको हो ।
आज बसेको सम्मेलन मूल आयोजक समितिको बैठकले सम्मेलनलाई सफल बनाउन विभिन्न समूह बनाई कार्यविभाजन गरेको छ । फरक फरक समिति बनाई प्रचार–प्रसार, मौलिक झाँकी, संस्कृति प्रस्तुती, बालसाहित्य कृति प्रदर्शन, कार्यपत्र प्रस्तुतलगायतको जिम्मा दिईएको सम्मेलन मूल आयोजक समितिको संयोजक जानुका पराजुलीले जानकारी दिनुभयो ।
प्रचार–प्रसार उपसमितिमा सुरेश कसजूको संयोजकत्वमा ४ सदस्य रहने गरी गठन गरिएको छ । जसमा किशोर बुढाथोकी, सुन्दर शिरीष, ङेम्लिङ लामा र दील कार्की चयन हुनु भएकोछ । त्यस्तै मौलिक झाँकी, संस्कृति प्रस्तुती अन्र्तगत नेवारी बाँसुरी बाजा र नेवारी धिमे नाँचकाका लागि कृष्ण रत्नगंगा मावि, तामाङ सेलो नाचका लागि बनदेवी मावि, खैजडी भजनका लागि रामप्रसाद गौतम, माझी पित्रा भाँकीका लागि खिकादेखी नेपाल, झाँक्री नाचका लागि दीलबहादुर कार्की र लामा नाचको लागि मिलन लामालाई जिम्मेवारी दिईएको जनाईएको छ ।
सिन्धुपाल्चोकबाट प्रकाशित बाल साहित्य सम्बन्धि कृतिहरुको प्रदर्शन र बाल साहित्य अवस्थाबारे कार्यपत्र प्रस्तुत गर्ने जिम्मा शब्द–सारथिलाई प्रदान गरिएको मूल आयोजकको सदस्य गणेश पुरीले जानकारी दिनुभयो ।
बैठकमा बोल्नुहुँदै सम्मेलन मूल आयोजक समितिको संयोजक एवम् चौतारा साँगाचोकगढी नगरपालिकाका उपप्रमुख पराजुलीले बालबालिकालाई सिर्जनशील क्षेत्रमा उन्मुख गराउने र किताबी ज्ञानभन्दा चौतर्फी विकासमा सघाउ पु¥याउने उद्देश्यले सम्मेलनको आयोजना गरिएको बताउनुभयो ।
जिल्लाभरका कक्षा ४    बाँकी पृष्ठ ३ मा देखि १० सम्मका विद्यार्थीहरुलाई सहभागि गराईने सो सम्मेलनमा बाल साहित्यको क्षेत्रमा क्रियाशिल ४० जना विज्ञको समूहले कार्यशाला, प्रशिक्षण दिईने आयोजकले जनाएको छ । त्यस्तै बाल साहित्य, शिक्षा र बाल अधिकारको विषयमा बहस, बालबालिकामा सिर्जनशीलता तथा सीप विकास, साहित्यको विभिन्न विधामा क्षमता अभिवृद्धि गर्ने कार्यक्रम रहेको जनाईएको छ ।
सम्मेलन चौतारा साँगाचोकगढी नगरपालिका र नेपाल बाल साहित्य समाजको संयुक्त आयोजनामा हुन लागेको हो ।