दुगर्म गाउँमा पुग्यो बस

नवलपुरः इन्द्रावती गाउँपालिकाका सम्पुर्ण वडामा सार्वजनिक यातायात सञ्चालनमा आएको छ ।
१२ वटा वडा मध्ये वडा नं. ९ सिम्पालकाभ्रेमा सोमबार सार्वजनिक बस पुगेसँगै सबै वडामा यातायातको पहुँच पुगेको गाउँपालिका अध्यक्ष वंशलाल तामागंले जानकारी दिनुभयो ।

सिम्पालकाभ्रेमा सोमबार एक कार्यक्रम गर्दै सार्वजनिक बस सञ्चालनमा आएको हो । यसबाहेक अन्य वडामा भने पहिलाबाटै सार्वजनिक बस सञ्चालनमा रहेका छन् ।
 हेलम्बु यातायातले सञ्चालनमा ल्याएको बस चावहिल चुच्चेपाटीबाट मेलम्ची, नवलपुर हुँदैं सिम्पालकाभ्रेसम्म पुग्ने अध्यक्ष तामागंले बताउनुभयो । बस सञ्चालन सँगै दुर्गम भेगका जनताको जीपनयापन सहज भएको छ ।
अध्यक्ष तामागंले नगर बसको अवधारणा भएपनि त्यो सञ्चालनमा अहिले ल्याउन नसकिने बताउनुभयो । विद्यालय जाने बालबालिकाका लागि भने भन्सार छुट दिएमा विद्यालय बस सञ्चालन छिट्टै गर्ने पनि उहाँले जानकारी दिनुभयो ।
इन्द्रावती गाउँपालिकामा सदरमुकाम चौतारा, काठमाण्डौं र मेलम्चीबाट सार्वजनिक बस आवतजावत गर्दछन् ।

Lokpriyasamachar@. Powered by Blogger.