'हजारौं राजा भन्दा एक राजा ठीक'– दाहाल

लामो समयदेखि राजनीतिमा होमिनु भएका शिखरपुरका फणिन्द्र दाहाल राजनीति वृत्तमा नौलो नाम होइन । विशेषगरी पशुपति शम्सेर राणाको नजिकमा रहेर राष्ट्रिय प्रजातन्त्र पार्टीबाट राजनीति गर्दै आउनु भएका दाहाल हाल राष्ट्रिय प्रजातन्त्र पार्टी -संयुक्त-को सिन्धुपाल्चोक प्रतिनिधि सभा क्षेत्र नं=२ का अध्यक्षको जिम्मेवारीमा हुनुहुन्छ । तत्कालिन राप्रपा (प्रजातान्त्रिक) बाट मेलम्ची नगरपालिकाको प्रमुखको पदमा उम्मेद्वारी समेत दिनुभएका दाहाल अहिले तत्कालिन राप्रपा (प्रजातान्त्रिक) र एकीकृत राप्रपा (राष्ट्रबादी) बीच एकता भएपछि बनेको राप्रपा संयुक्तको पार्टी सुदृढीकरणको लागि गाँउ दौडाहामा लाग्नुभएको छ । यसै सन्दर्भमा लोकप्रिय समाचार दैनिकले उहाँसँग यसैको सेरोफोरोमा रहेर गरेको कुराकानीको सम्पादित अंशः

अचेल केमा व्यस्त हुनुहुन्छ <
हामीले लामो समयदेखि अपेक्षा गरेको सपना बल्ल पूरा हुने संकेत देखिएको छ । साविकका पशुपति शम्सेर जबराले नेतृत्व गरेको राप्रपा -प्रजातान्त्रिक_ र प्रकाशचन्द्र लोहनीले नेतृत्व गरेको एकीकृत राप्रपा -राष्ट्रबादी_ बीच एकता भएर राप्रपा संयुक्त बनिसकेको छ । जनतालाई यसको सन्देश दिन र वडा तहसम्म कमिटी पुर्नगठन गर्नको लागि चौतारा साँगाचोकगढी नगरपालिकाको सबै वडाहरुमा पुगिरहेका छौं । पार्टी सुदृढीकरणको लागि पनि गाँउ पुग्नुपर्ने जरुरी भएकोले यसै अभियानमा छौं । 

जिल्लामा राप्रपा राष्ट्रबादीको खासै जनमत थियो जस्तो लाग्दैन । यसो हुँदा पार्टी मिलेपछि जिल्लामा तपाँईहरुलाई के फाइदा पुग्छ त <
राजनीतिक दल सानो ठूलो जे जस्तो भएपनि केहि न केहि प्रभाव भने पर्नेनै हुन्छ । राप्रपा (राष्ट्रवादी) को जिल्लामा प्रभाव कति छ भन्दा पनि यसले कति असर पारेको छ भन्ने कुरा महत्वपूर्ण हुन्छ । निर्वाचन आयोगले एउटै चुनाव चिन्ह हलो दुबै दललाई बाँडेर दिँदा हलो चिनेका मतदाता अन्यौलमा परेका थिए । गोलाकार र आयतकार घेराभित्र हलो राखेर दुबै दल निर्वाचनमा होमिदा जनता मतदानमा झुक्किएका थिए । अब त्यो अवस्था अन्त्य भएको छ । हाम्रा सबै मतदाताले चिनेको चुनाव चिन्ह हलो अब एकलौटी भएको छ । यसबाट अबको निर्वाचनमा मतदाता झुक्किनु पर्ने छैन । जनताले ढुक्क भएर हलो चिन्हमा छाप लगाउन सक्नेछन् ।

अहिले गाँउ दौडाहामा हुनुहुन्छ । गाँउमा जाँदा जनताहरुलाई के सन्देश लिएर जानुभएको छ <
हाम्रो पार्टी एकीकरण हुदाँ पार्टीले नै समस्त ओमकार परिवारको मुद्दा लिएर अगाडि बढ्ने निर्णय गरिसकेको छ । हामी पनि यसै मुद्दा लिएर जाने हो । ओमकार पविारका हिन्दु, बौद्ध लगाएतका धर्म रक्षा गर्र्दै सबै धर्म मान्ने धर्मावलम्बीले समान हैसियत र अधिकार पाउनुपर्छं भन्ने नारा लिएर गाँउमा प्रवेश गरेका हौं । त्यस्तै हाम्रो पार्टीले बेलायतको जस्तो आलंकारिक राजाको पनि आवश्यकता महशुुस गरेको छ ।

राजाको कुरा गर्नुभयो, तपाईंहरुसँगै फुटेर गएको राप्रपाले राजसंस्थाको कुरा गरिरहेको छ । तपाईंहरु पनि राजा नै भन्नुहुन्छ । तपाईंहरु र उनीहरुले खोजेको राजा एउटै हो <
उहाँहरुको कुरा उहाँहरु नै जान्नुहुन्छ । हामीले खोजेको भनेको मैले अघि भनिसकेंं बेलायतको जस्तो आलंकारिक राजसंस्था हो । राजा त हुन्छ, तर कार्यबाहक अधिकार भने जननिर्वाचित संस्थासँग नै सुरक्षित हुन्छ । राजा सांसद्को मातहतमा नै रहन्छन् । अहिले नेपालमा हजारौं राजा भए । वडा अध्यक्ष, गाउँपालिका तथा नगरपालिकाका प्रमुख तथा उपप्रमुख, प्रदेश सभा र प्रतिनिधि सभाका निर्वाचित र समानुपातीक लगाएत सबै सांसद्हरु आ–आफै राजा भएर बसेका छन् । यसरी हजारौं राजा पाल्नुभन्दा तिनीहरुलाई मार्गनिर्देश गर्न सक्ने र अभिभाकत्व गर्न सक्ने तर आफै सक्रिय भने नहुने राजा हामीले चाहेका होैं ।

तपाईंले र तपाईंको पार्टीले स्थानीय निर्वाचानमा र प्रतिनिधि सभा निर्वाचनमा पनि हार व्यहोर्नुप¥यो । अबको चुनावमा पार्टीलाई सुदृढीकरण गर्दै कसरि अगाडि बढ्ने सोच बनाउनुभएको छ <
हामी पार्टीलाई सुदृढ बनाउदै आगामी निर्वाचनमा जित निकाल्ने योजनाका साथ अगाडी बढीरहेका छौं । युवा, महिला, किसान लगाएत सम्पुर्ण भातृ संगठन निर्माण गरी उनीहरुलाई सक्रिय बनाउनेछौं । हरेक विद्यालयमा विद्यार्थी इकाई संगठन निर्माण गर्ने योजनामा छौं । पार्टीका कार्यकर्ताको लागि राजनीतीक प्रशिक्षण सञ्चालन गर्दैछौं । पार्टी छाडेर गएका पुराना नेता कार्यकर्तालाई पुनः पार्टीमा फर्काईरहेका छौं । काँग्रेस तथा कम्युनिष्ठ पार्टीमा असन्तुष्ट रहेका नेता कार्यकर्तालाई पनि उचीत सम्मानका साथ पार्टीमा ल्याइरहेका छौं । केही दिन अघी मात्रै साविक सानोसिरुवारी गाविसका पुर्व अध्यक्ष सितानारायण तामाङ,जो पहिला हाम्रै पार्टीमा हुनुहुन्थ्यो, उहाँलाई चौतारा साँगाचोकगढी नगरपालिका वडा नंं. ७ को इकाइ अध्यक्ष बनाएर पार्टीमा प्रवेश गराएका छौं ।

पार्टी सुदृढीकरणको काम कहाँ पुग्यो त < अब के गर्ने योजना बनाउनुभएको छ ? कहिलेसम्म अधिबेसन गरीसक्ने योजना बनाउनुभएको छ <
हामीले हाम्रो क्षेत्रको पाँचपोखरी थाङपाल र हेलम्बु गाँउपालिकामा अधिबेसन सम्पन्न गरीसकेका छौं । मेलम्ची नगरपालिकाको अधिकाँश वडाहरुमा इकाई समीती गठन गरीसकेका छौं । चौतारा साँगाचोकगढी नगरपालिकाको पनि स्याउले, सानोसिरुवारी, पिपलडाँडा, इर्खु लगाएतका ठाँउमा इकाइ अधिबेसन गरीसकेका छौं । अब बाँकी ठाँउमा पनि छिट्टै अधिबेसन सकेर जिल्ला को सदरमुकाम समेत भएकोले चौतारा साँगाचोकगढी नगरपलिकामा फागुनको दोस्रो हप्तासम्म हर्षोल्लासका साथ नगर अधिबेसन सम्पन्न गर्नेछौं । इन्द्रावती गाँउपालिकामा पनि वडा अधिवेसनको काम शुरु भैसकेको छ । पार्टी सुदृडीकरण र विभिन्न कामले सदरमुकाम आउने कार्यकर्ताको लागि सहजीकरण गर्न क्षेत्रीय अध्यक्ष कम्तीमा पनि महिनामा एक हप्ता जिल्ला सदरमुकाममै बस्नेछु । जनताको मनोभाव बुझ्ने, जनताको काम गर्ने र पार्टीका नेता कार्यकर्तासँग भेटघाट गरी छलफल गर्ने काम सो समयमा हुनेछ ।

अहिले मुलकभर जनप्रतिनिधिहरुले स्थानिय सरकार चलाईरहेका छन । स्थानिय सरकारमा कम्युनिष्ठ र काँग्रेसको नै उपस्थीती छ । तपाँईहरुको पार्टीको कहींकहीं बाहेक उपस्थीती छैन । यस्तो अवस्थामा स्थानिय सरकारको काम कारवाही तपाँईलाई कस्तो लागिरहेको छ <
स्थानिय सरकारले जनतालाई कर थोपरेर जनतालाई ठुलो सास्ती दिएका छन् । भुकम्पले क्षती भएको जिल्लामा पुननिर्माणको चटारो छ । यस्तो बेलामा नक्सा पास नगरी घर बनाउन नपाउने बाध्यत्मक व्यवस्थाले पुनर्निर्माणमा नै प्रभाव पारीरहेको छ । अझ यती सम्म की स्थानिय स्तरमा उपलब्ध हुने बालुवा गिटी जस्ता निर्माण सामाग्रीमा जिल्लाबासी र बाहीरको लागि एकै दरको निकासी कर लगाएर निर्माण लागत झन् महंगो पारीरहेका छन् । सरकारी बजेटमा परेका योजनाहरुमा आ–आफ्नै मान्छेलाई उपभोक्ता समितीमा राखेर कती योजनाहरुमा काम नै नगरी नक्कली बिल भर्पाइ बनाएर पैसा कमाउने काम मात्रै गरीरहेका छन् । स्थानिय निकाय उनीहरुको लागि कमाई खाने भाँडो भएको छ । मैले अघीनै भनीसकें हजारौं राजाहरुले जनतालाई चुसीरहेका छन् ।

देशमा कम्युनिष्ठ सरकार छ । यसले गरेका कामहरुप्रति तपाईंको धारणा के छ? के सरकार जनताको मतको अभिभारा पुरा सक्ने अवस्थामा छ <
अहिलेको सरकारले जनतालाई ज्यादती गरीरहेको छ । जनतालाई सुशाषन दिन यो सरकार सफल भएको छैन । सरकार र सरकारका मन्त्रीहरु आफ्नै भुडी भर्न मात्रै व्यस्त छन् । सरकार र काँग्रेसको मिलेमतोमा वाईडवढी विमानमा त्यती धेरै घोटाला भएको छ । सरकारले जनतालाई महंगी र भ्रष्टाचार बाहेक केही दिएको छैन । बलात्कार जस्ता जघन्य मुद्दामा समेत सरकारले दोषी पत्ता लगाउन सकेको छैन । काँग्रेस प्रतिपक्षमा भएर पनि केही बोल्न सकेको छैन । त्यसैले अब हामी सरकारको प्रतिपक्षको भुमीका सडकबाट नै निभाउने छौं । सरकार र काँग्रेसले गरेका जनचाहना विरोधी गतीविधिको सडकबाटै भण्डाफोर गर्नेछौं । हामी सडकबाटै सरकारलाई जनतालाई न्याय, सुशाषन र अमनचयन दिनको लागि चेतावनी दिनेछौं ।

पार्टीको अबको निती तथा योजना के छ त ? अब के योजना बोकेर गाँउमा जाने सोच छ त पार्टीको <
संगठनलाई मजबुद बनाई जनतालाई आफ्नो निति तथा कार्यक्रम प्रति आकर्षण गराउनु नै हाम्रो पहिलो लक्ष्य हो । जनतालाई अब आउने निर्वाचनमा हामिलाई साथ दिन अनुरोध गर्नेछौं । आगामी निर्वाचनमा हाम्रा उम्मेद्वार निर्वाचित भएपछि स्थानिय स्रोत र साधनमा स्थानियकै अधिकार सुनिश्चीत गर्नेछौं । जनतालाई करको मार बाट राहत दिलाउन कर को दर घटाउनेछौं । नक्सापासलाई निशुल्क बनाउनेछौं । सञ्चारको लागि हरेक गाँउपालिका र नगरपलिकालाई फ्री वाइफाई क्षेत्र बनाउनेछौं भने पत्रकारको पेशागत संरक्षणको लागि सञ्चार विकास कोषको स्थापना गराउनेछौं । दलीत, अपाङ्ग, अल्पसंख्यक, असाहयहरुको लागि व्याचलरसम्म निशुल्क पढ्न पाउने व्यवस्था मिलाउनेछौं । यसको लागि पनि जनताले हामीलाई साथ दिनैपर्छ ।

अन्त्यमा तपाँईलाई छुटाउनै नहुनेजस्तो लागेकाु तर छुटेका केही कुरा छन् की <
हाम्रो मुलुकमा पेशागत संघ, संगठन तथा युनियनको नाममा कर्मचारी तथा शिक्षकहरुले जुन राजनिति गरीरहेका छन्, यो सरासर गलत छ । संघ, संगठनको नाममा शिक्षकहरुले विद्यालयको वातावरण विगारीरहेका छन् । हामी त यस्ता संघ, संगठन खारेजी हुनुपर्छ भन्ने पक्षमा छौं । विद्यालय राजनितिमुक्त क्षेत्र हुनुपर्दछ । यदी राजनिति नै गर्ने हो भने जागीर छाडेर आउन पनि म शिक्षक तथा कर्मचारीलाई भन्न चाहन्छु । र यस लोकप्रीय पत्रीकामा मेरो आफ्नो विचार राख्ने मौका दिनुभएकोमा हार्दीक धन्यबाद दिन चाहन्छु ।

,