कार्कीका दुइ भाइद्धारा चौसागढी१०लाइ जग्गा दान


 सदिक्षा बस्नेत ,सिन्धुपाल्चोक जिल्ला चौउतारा साँगाचोकगढी नगरपालिका वडा नं १० का भिमसेनकार्की र सरोज कार्कीले वडा लाई  वडा कार्यलय को भवन निर्माण गर्नका लागि जग्गा  जग्गा दान गर्नु भएको छ।  पिता स्वर्गीय भद्र बहादुर  कार्की को सम्झनामा  आफुहरुले जग्गा दान गरेको  जग्गा दाता सरोज कार्कीले बताउँनु भयो ।

पटक पटकको भेलामा वडा कार्यलयलाइ जग्गा   दिने भनेर मौखिक भने पनि कसैले पनि जग्गा पास गरेर दिने हिकमत नगरे पछी आफुुहरुले उक्त जग्गा दान गर्ने निर्णयमा पुगेर जग्गा दान दिएको अर्का जग्गादाता भिमसेन कार्किले बताउनु भयो ।यश अघि चौउतारासाँगाचोकगढी नगरपालिका वडा न १०को वडा कार्यलय भबनको लागि  उपर्युक्त स्थानको खोजि गर्नका लागि  गत पौष १८गते भएको वडाबासिको सर्ब  पक्षीय भेलाले स्थानिय  गोपाल खड्काको सयोजकत्वका १० सदस्यिय सुझाब समिती समेत गठन गरेको थियो । उक्त सुझाब सिमितिले विभिन्न चरणमा  सर्ब  पक्षीय भेला बोलाउँदै  छलफल गरेर जग्गाको प्रस्ताब गर्दा  सबैको लागी उपयुक्त स्थान को खोजि गर्दा  जल्केनि कार्कीटार सुकुटे सडक खण्डको आसपासमा  सेण्टर पर्ने भनेर छलफल भएको थियो । सोही छलफल  पछिउक्त स्थानमा जग्गा को प्रस्ताव गर्दा  निसुल्क जग्गा दान गर्ने  प्रस्थाब आय पछि  सुझाव समितिले  यसको कार्यन्वयनको लागि वडा सँग पहल गरेकोथियो।चौउतारा साँगाचोक गढी नगरपालिका वडा न १० को वडा  कार्यलय निर्माण गर्नका लागि सर्ब पक्षिय सहमतीका आधारमा साबिक साँगाचोक गाबिस वडा  न१, २ र ७ साबीक वडाका समेत प्रितिनीधित्व हुने गरि  भेगिय प्रितिनधित्व  हुने गरि गठन गरेको १० सदस्यिय सुझाब सिमतीले दिएको सुझाब र वडा समितिको  बैठकले गरेको निर्णयका आधारमा जग्गा दान स्विकार गरिएको वडा अध्यक्ष बेल बहादुर महतले बताउनु भयो।
साबीक कित्ता नं  २१७का  सरोज कार्कीले १रोपनी ४आना ३ पैसा ३ दाम र साबीक कित्ता नं २१६ बाट भिमसेन कार्कीले ५ आना २ पैसा २ दाम  गरि जम्मा   करिब  तिस लाख बरबरको जग्गा वडा कार्यलयले पाएको हो  ।
यसरी वडा बिकाशका लागी जग्गा दिएर वडाको इतीहाँसमा नाम लेखाउँन सफल   सरोज कार्की र भिमसेन कार्कीलाइ धन्यबाद दिदै वडा अध्यक्ष  महतले स्थानीय बिकाशका लागी हरेक क्षेत्रबाट सहयोग भइरहेको बताउँनु भयो ।

, , , ,
Lokpriyasamachar@. Powered by Blogger.