बालसंरक्षण सम्बन्धि सडक नाटक प्रदर्शन

लोकप्रिय सम्वाददाता÷हेलम्बु
५ फागुन, २०७५ । पाँचपोखरी थाङपाल गाउँपालिकाको विभिन्न स्थानमा बालसंरक्षण एवम् लैङ्गिक समानता तथा समाबेसिकरण सम्बन्धि सडक नाटक प्रर्दशन गरिएको छ ।
नेपाल रेडक्रस सोसाईटी सिन्धुपाल्चोक जिल्ला शाखाले सो पालिकाको पाँच स्थानमा नाटक प्रर्दशन गरेको हो । नाटक बालबालिका, महिला, अपाङ्गता भएका व्यक्तिहरुलाई निणर्य तहमा गराइने सहभागिता र भूकम्पपछिको पुर्ननिणमाभएको बाश्रमिकको प्रयोग रोक्ने सम्बन्धमा केन्द्रित रही प्रर्दशन गरिएको शाखाले जनाएको छ । समुदायमा निर्णायक तहमा महिला, बालबालिका, अपाङ्गता भएकाव्यक्तिहरु तथा पिछडिएका बर्गको समेत सहभागिता गराउनु पर्ने सन्देशमूलक नाटक प्रदर्शनी गरिएको स्थानीयहरुले बताएका छन् ।
नाटकले बालबालिकालाई कसरी सहयोग गर्ने र उनीहरुको भावनालाई सहयोग पु¥याउन मद्दत गर्ने भन्ने कुराको ज्ञान दिएको उनीहरुको भनाई छ ।

,
Lokpriyasamachar@. Powered by Blogger.