आफ्नै घरबाट साढे पाँच लाख नगद चोरी

लोकप्रिय समाचार
सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका ८ इर्खुबाट नगद साढे पाँच लाख रुपैयाँ चोरी भएको छ । तिर्थबहादुर लामा (तामाङ)को घरबाट बुधबार साझ चोरी भएको हो । 

काठमाडौँबाट घरमा आएर पैसा राखेर साझ बाहिर निस्केको समयमा पैसा चोरी भएको हो । प्रहरी हवल्दार रहेको उनी मकावनपुरबाट रिटाएर भएर आएका थिए । रिटाएर हुदाँ सेवाबाट पाउँने सेवा सुविधाको सबै रकम बुझेर घरमा आएका थिए । घरमा ल्याएर राखेको दुइ घण्टा बित्न नपाउँदै उनको सबै पैसा लुटिएको उनले बताए ।
हामी नजिकै दिदिको घरमा खाना खान गएको थियौ, आउँदा घर फुटालेर पैसा लगिसकेछ उनले भने । घरमै भएको औजारकै प्रयोग गरेर घर फटाएर लगेको उनले जनाए ।
सोहि दिन बेलुका नै जिल्ला कार्यालयबाटै प्रहरी टोली पुगेको थियो । चोरीमा प्रयोग भएको सामान र घटनाको अध्ययन गरेर प्रहरी टोली फर्केको थियो घटकानाको बारेमा थप उनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।