बालबालिकाको पहलमा बजार सरसफाई


चौतारा साँगाचोकगढी नगरपालिका ५ को मुख्य बजार शनिबार बिहान सरसफाइ कार्यक्रम गरेको छ ।
बाल सञ्जाल ५ को आयोजनामा चौतारामा सरसफाई तथा जनचेतना कार्यक्रम अन्र्तगत बजार सरसफाई गरिएको हो । 

मेरो चौतारा म आफै सफा गर्छु भन्ने मुल नाराका साथ सुुरु गरिएको हो । नारनथानदेखि बसपार्कसम्मको बाटो तथा बसपार्क परिसरको फोहोर व्यवस्थापन गरिएको हो ।
चौतारा साँगाचोकगढी नगरपालिकाका नगर प्रमुख अमानसिं तामाङको प्रमख आतिथ्यतामा सरसफाई कार्यक्रम भएको हो । कार्यक्रममा बोल्दै नगर प्रमुख तामाङले  बलबालिकाले पनि केहि गर्न सक्छन् भन्ने उदाहरणे प्रवाह गर्ने भन्दै खुसि ब्यक्त गर्नुभयो । बालबालिकाले बजार सफाइमा जुट्नु भनेको प्रशंसनिय काम भएको उहाँले बताउँनुभयो ।
कार्यक्रममा उपप्रमुख जानुका पराजुली, नगरपालिका वडा नं. ५ का अध्यक्ष नरमान श्रेष्ठ, विभिन्न विद्यायालयका प्रध्यानाध्यापक तथा शिक्षक, स्काउटका प्रतिनिधी तथा वडा बाल क्लबका सदस्यहरुको उपस्थिति रहेको थियो । उक्त कार्यक्रम वडा बाल संजाल वडा नं. ५ का अध्यक्ष सुप्रिम कसजुको अध्यक्षतामा सम्पन्न भएको थियो ।

Lokpriyasamachar@. Powered by Blogger.