दुई अखिलले गरे कोण सभा

स्ववियू निर्वाचनको कार्यतालिका सार्वजनिक गर्न माग गर्दै हिजो चौतारा वहुमुखी क्याम्पसमा कोण सभा कार्यक्रम सम्पन्न भएको छ । अखिल (क्रान्तिकारी) र अनेरास्ववियू क्याम्पस इकाई कमिटिले संयुक्त रुपमा स्ववियू निर्वाचनको माग गर्दै क्याम्पसमा कोण सभा गरेका हुन् ।
विद्यार्थीको साझा संस्था स्ववियू निर्वाचनको माग गर्दै देशभरका क्याम्पसहरुमा घेराउ, धर्ना, ज्ञापन पत्र वुझाउने विभिन्न कार्यक्रमहरु भएकोले चौतारा क्याम्पसमा सोही अनुसार दुवै संगठनले संयुक्त रुपमा कोण सभा गरेका हुन् । विद्यार्थीको नेतृत्व विकास गर्दै क्याम्पस संचालक समितिलाई रचनात्मक सहयोग गर्दै गुणस्तर शिक्षा प्राप्तीमा सहयोग गर्ने स्ववियूको जिम्वेवारी रहेको भन्दै शैक्षिक आन्दोलनको भाग्य र भविष्य निर्माण गर्ने अखिल (क्रान्तीकारी)का प्रविण चौतागाँईले बताउनुभयो ।
कोण सभामा बोल्दै अखिल (क्रान्तिकारी) का जिल्ला अध्यक्ष तथा चौतारा बहुमुखी क्याम्पसका स्ववियू सभापती मिलन लामाले विद्यार्थीको हकहितको लागि निरन्तर संघर्षरत साझा संस्था स्ववियुलाई बिभिन्न वाहाना वनाई निर्वाचन नगराउने छुट कसैलाई नभएको बताउनु भयो । लामाले बिद्यार्थीको आन्दोलन र असिमित संघर्षको उत्सवबाट स्थापित साझा संस्था शैक्षिक आन्दोलनको पहरेदारको रुपमा स्थापित स्ववियुको यथासिघ्र निर्वाचन कार्यतालिका सार्वजनिक गर्न माग गर्नुभयो ।

,
Lokpriyasamachar@. Powered by Blogger.