मावि स्तरीय भलिबलको उपाधि इर्खुको पोल्टामा


चौतारा साँगाचोकगढी नगरपालिकामा ४ स्थित कालिका देवि माध्याकि विद्यालयमा भएको भलिवलको उपाधि इर्खु माविको पोल्टामा पुगेको छ ।
वल्ड भिजन इन्टरनेशन नेपाल र नेपाल सरकारको आर्थीक सहयोगमा नवनिर्मित भवनको उदघाटन समारोहको अवसरमा भलिवल प्रतियोगिता आयोजना गरिएको हो ।
राष्ट्रको लागि खेलकुद स्वास्थ्यको लागि खेलकुद भन्ने मुल नाराकासाथ बिहिबार बाट सुुरु भएको प्रतियो सेती देबी माबी कुविण्डेलाइ सोझो सेटमा पराजित गर्दै इर्खुले उपाधि आफ्नो पोल्टामा पारेको हो ।
बेस्ट अफ ५ मा भएको खेलमा ३–१ को सोझो सेटमा इर्खुले सेती देबी माबी कुविण्डेलाइ हराएको हो । इर्खु माबिले ३० हजार नगद सहित ट्रफि मेडल पाएको छ भने उपबिजेता सेती देबी माबी कुविण्डेले भने २० हजारमा पाएको छ ।
कालिका देवि माध्यमिक विद्यालयमा भएको प्रितयोगितामा नगर भित्रका ९ वटा बिध्यालयको सहभागिता रहेको विद्यालय व्यवस्थापन समितीका अध्यक्ष रघुसिं तामाङले जानकार िदिनुभयो ।
प्रतियोगितामा इर्खु मावि इर्खु, ज्ञानमन्दिर नमुना माबि, मेलचौर, कृष्ण रत्नगंगा माबि चौतारा, सिद्धी कमला माबि पिपलडाडा, सेतीदेवी माबी स्याउले, दक्षीण काली माबी बतासे, कालिकदेवि माबी बतासे, सेती देबी माबी कुविण्डे र आयोजक कालिका देबि माबि कुविण्डेको सहभागिता रहेको थियो ।
बिहिबारबाट सुरु भएको उक्त प्रतियोगिताको चौतारा साँगाचोकगढी नगरपालिकाका नगर प्रमुख अमानसिं तामाङले खेलको उद्घाटन गर्नुभएको थियो । नवनिर्मित कालिका देवि माध्याकि विद्यालयको भवनका उद्घाटन तथा भवन हस्तान्तरण आज सांसद अग्नि प्रसाद सापकोटाले गर्नुहुनेछ ।


Lokpriyasamachar@. Powered by Blogger.