अमेरिकामा गिरिजा प्रसाद फाउण्डेशन शाखा
लोकप्रियसमाचार
नेपाली कांग्रेसका पूर्व सभापति एवं पूर्वप्रधानमन्त्री स्व.गिरिजा प्रसाद कोइरालाको नाममा स्थापित भएको फाउण्डेशनले आफनो शाखा बिस्तारलाइ पनी निरन्तरता दिएको छ ।
त्यसै गरि शाखाको केन्द्रीय सदस्यहरु मा क्रमशः जनेश गुरुड., शारदा क्षेत्री, फुर्वा शेर्पा, लोचन गुरुड., राम कोइराला , विश्व बास्तोला, बिमल डांगी, यादव दुलाल, राम चन्द्र रेग्मी, राजेन्द्र थापा, कृष्ण खनाल, कृष्णराज गिरि, सम्बा लामिछाने, दिलु पराजुलि, किर्त ब. शाहि, रबिन फुम्बाहाम्फे, अशोक ज्ञवालि, चित्र बस्नेत, गणेश भण्डारी, दिपक हुमागाई, दिनेश शर्मा, शुभाष घिमिरे, रामकुमार महतो, क्रान्ति अर्याल भण्डारी, यम नारायण अधिकारी, मेघा बस्नेत प्रधान, गिता सापकोटा, प्रेम श्रेष्ठ, बिष्णु सिंह बैजु, नेत्र के.सी., विनोद थापा, त्रिभुवन पाण्डे, सृजना काफ्ले खडका, राम चन्द्र अधिकारि र के.पि. भट्ट चयन हुनु भएको छ।
त्यसै गरि शखाका मानार्थ सदस्य हरु मा क्रमशः पियुश दाहल, भगवान मैनाली, डा. देशराज संयोग, पशुपति पाण्डे, भरत आर्यल, अर्जुन सिग्देल, थलराज पन्त, महम्मद रशिद, डा. डेभिड नलिन, शान्त रिसाल,मिग्ंमार शेर्पा, केदार श्रेष्ठ र सन्त बाहदुर थापा मगर रहनु भएको छ । शाखाका उप सभापती सुबर्ण लामाका अनुसार गिरिजा प्रसाद कोइराला को निधनपछि प्रजातन्त्र, शान्ति र समृद्ध नेपाल बनाउने लक्ष्यकासाथ स्थापना भएको प्रतिष्ठानले नेपालका र विदेशका विभिन्नमुलुकमा आफ्नो शाखा विस्तार गर्ने क्रममा अमेरिकि शाखाको कार्य समिति विस्तार भएको सोमनाथ घिमिरे ले जानकारी गराउनु भएको थियो । उँहाका अनुसार अब छिट्टै कार्यालयसमेत स्थापना गर्ने र अमेरिका का बिभिन्न सघं(सस्थांहरु संग सहकार्य गरेर नेपालको शिक्षा, स्वास्थ्य लगाएतका क्षेत्रमा काम गर्नुका साथै गिरिजाबाबुको बारेमा लेखिएका पुस्तक सङ्कलन गर्ने र अनुसन्धान गर्ने छ।साथै नेपाली संस्कृतिलाई विश्वमाझ चिनाउदै र पर्यटनक्षेत्रको विकास गर्नसमेत राम्रो पहल गर्ने उहाँको भनाइ रहेको थियो। अमेरिकामा रहेका नेपालीहरुको भेलाबाट गरिएको शाखा गठनले नेपाली र अमेरिकी बिच थप सम्बन्ध र बिकाशमा नँया आयम थपिने बिश्वास गरिएको छ ।