एकीकृत बस्ती निर्माण कार्य अन्तिम चरणमा

हेलम्बु गाउँपालिका १ तेम्बाथानमा ४० घरधुरीको एकीकृत बस्ती निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।
२०७२ सालको भूकम्पबाट प्रभावित स्थानीयहरुको ह्योल्मो संस्कृति झल्किने झ्यालको प्रयोग गरी बनिरहेको ४० मध्ये २३ घरको काम सम्पन्न भइसकेको छ भने बाँकी घर, शौचालय र खानेपानीको काम १ महिना भित्र सम्पन्न हुने एकिकृत बस्ती निर्माण समितिका अध्यक्ष साङ्गे लामाले जानकारी दिनुभयो ।
भूकम्पपछि पुर्ननिर्माण भईरहेका घरहरुमा हेल्मो कला सँस्कतिको पुरानो मौलिक झ्याल ढोकाहरु प्रयोग नभएपछि यसको लोप हुने अबस्था आएको भन्दै स्थानीयको सुझाव र नेपाल सरकारको भूकम्प प्रतिरोधि भवन निर्माणको नक्सा अनुसार हेल्मो कला संस्कृतिको संरक्षण गर्ने उदेश्यले नाम्बाखुसुङ झ्यालको प्रयोग गरेर बस्ती निर्माणको काम भैरहेको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्यालजेन शेर्पाले बताउनुभयो । एकिकृत बस्तीको निर्माणसंगै होमस्टे सञ्चालन गरेर पर्यटन प्रर्वद्धनको लागि गाउँपालिकाले सहयोग गर्ने समेत बताउनुभयो ।
ह्योल्मो संस्कृतिको मौलिक कला झल्किने एउटा झ्याल बनाउन करिब ८० हजार लाग्ने सो निर्माणाधीन एकिकृत बस्तीमा इन्टरलक इट्टाको प्रयोग गरी ३ कोठे घर, शौचालय, एक घर एक धारा सहितको प्रति घर जनश्रमदान सहित अनुमानित दश लाख पचास हजार लाग्ने बताइएको छ । जनहित ग्रामीण सेवा समिति सिन्धुपाल्चोक र अक्सफाम को ३ करोड तथा हेलम्बु गाउँपालिकाको १ करोड आर्थिक सहयोगमा बस्ती निर्माण भैरहेको जनहित ग्रामीण सेवा समिति सिन्धुपाल्चोकका कार्यकारी निर्देशक राजेद्र शर्माले जानकारी दिनुभयो ।

,
Lokpriyasamachar@. Powered by Blogger.