तरुण दलद्धारा सरकारको विरोध

सरकारको अधिनायकवाद विरुद्ध कांग्रेस निकट भातृ संगठन नेपाल तरुणदल सिन्धुपाल्चोकले एक कार्यक्रमको आयोजना गरि विरोध जनाएको छ ।
तरुण दल सिन्धुपाल्चोकको अध्यक्ष नै अवैधानिक भन्दै गठन भएको समानान्तर समितिले बुधबार बाह्रबिसेमा एक कार्यक्रम गर्दै सरकारको विरोध गरेको हो । पछिल्लो समय सरकार निरंकुश तर्फ अघि बढेको र वर्तमान सरकारको रवैयाबाट आम नागरिक निराश र आतंकित भएको भन्दै उनीहरुले  विरोध गरेका हुन् । ‘यतिवेला आम नागरिक राज्यसंयन्त्रबाट त्रसित बनेको छ, त्यसैले हामीले  सरकारको वर्तमान गतिविधि प्रति विरोध गरेका हौँ ।’ तरुण दलका अध्यक्ष प्रमोद लामाले भन्नुभयो ‘अब हामी खुलेर सरकारको हरेक गलत काम कार्यको विरोध गर्नेछौँ ।’
गत मसिंरमा समानन्तर समिति गठन गरेको सिन्धुपाल्चोक तरुणदलले सरकारको विरोध गर्दै आफ्नो  नयाँ कार्य समिति समेत विस्तार गरेको छ । मसिंर २८ गते जिल्लामा छुटै कार्य समिति बनाएको  तरुण दलले नगरपालिका, गाउँपालिका र वडामा समेत आफ्नो संगठन विस्तार गर्दै आएको अध्यक्ष प्रमोद लामाले बताउनुभयो । भेलाले सरकारको विरोध गर्नुका साथै तरुणलदल केन्द्रिय कार्य समितिको समेत चर्काे आलोचना गरेका थिए ।
समानन्तर समिति गठन गरेपछि दरुणदल केन्द्रिय अध्यक्ष जितजगं बस्नेतले पत्र काटेर २२ जनालाई कार्वाही गरेकोे जनाएको थियो । केन्द्रिय अध्यक्ष बस्नेतले एकतर्फी कुरा सुनेर कार्वाही गर्नू गलत भएको  क्षेत्रीय सभापती बालकृष्ण बस्नेतले बताउनुभयो । तरुणदललाइ नै विवादित बनाउने काम केन्द्रले  गरेको भन्दै उहाँले अध्यक्ष बस्नेतको चर्काे आलोचना गर्नुभयो । अहिले जिल्लामा तरुणको भुमिका कम्जोर भएको भन्दै आपूmहरुले कमिटि बनाएर सक्रिय तरिकाले सगंठन विस्तारमा लागेको सुनाउनुभयो ।
भेलालाई सम्बोधन गर्नु हुदैं सुनकोशी गाँउपालिकाका अध्यक्ष विनोद जिसीले तरुणदल केन्द्रीय कार्य समिति र अध्यक्ष बस्नेतले पत्र काट्नु गलत भएको बताउनुभयो । ‘तरुणदलमा अवद्ध युवाहरुलाइ निराश बनाउने काम केन्द्रबाटै भएको छ,’ जिसीले भन्नुभयोे– ‘जिल्लामा युवाहरुको भवना र उत्साहलाइ नबुझी व्यक्ति ठूलो कि संस्था भन्ने सामान्य ज्ञान नै नराखी यो कार्य समितिलाई कार्वाही गर्नु उनको व्यक्तिसँग विकाउ प्रवृति भएको प्रष्ट देखिन्छ ।’
‘हिजो उनले नै कार्वाहीको पत्र काटेको व्यक्तिलाई आज व्यक्तिगत स्वार्थको लागि फेरि अध्यक्षको  जिम्मेवारी दिनु गलत छ ।’ क्षेत्रीय सदस्य कुमार लामाले भन्नुभयो– ‘आफै विधि र विधान विपरित काम गर्ने अनि जिल्लामा सक्रिय तरुण युवाहरुलाइ आफ्नो स्वार्थको लागि पत्र काट्नुले उनको संस्था भन्दा पनि व्यक्तिगत स्वार्थ रहेको देखिन्छ ।’
तरुण दल केन्द्रले समानन्तर कमिटिलाइ कारवाही गरेपनि उनीहरुले बुधवार बाह्रविसेमा नगर कार्य समिति गठन गरेका छन् । छिरिङ्ग तामाङ्गको अध्यक्षतामा कार्य समिति गठन गरिएको अध्यक्ष प्रमोद लामाले बताउनुभयो ।  

, ,
Lokpriyasamachar@. Powered by Blogger.