जनयुद्ध दिवसमा विचार गोष्ठी

२३ औ जनयुद्ध दिवस पूर्व एमाले सहितको सहभागितामा पहिलो पटक सिन्धुपाल्चोक जिल्लामा समेत मनाईएको छ । नेकपाको ब्यानरमा एमालेको पार्टि कार्यलय चौतारामा २२ वर्ष पुरा भएर २३ वर्ष प्रवेस गरेको अवसरमा जनयुद्ध जनआन्दोलन र संघीयता  सम्बन्धी बिचार गोष्ठी गरेको हो ।
गोष्ठीमा बोल्दै पुर्व सुचना तता सञ्चार एवं पुर्व वन मन्त्री अग्नीप्रसाद सापकोटाले जनयुद्धका कारण देशमा गणतन्त्र प्राप्त भई सिंहदरबारको अधिकार गाँउगाँउमा आएको बताउनुभयो । उहाँले हजारौं नागरीकले वलीदान दिएर पाएको यो अधिकारको संरक्षण र जनादेशको कदर गर्न सके मात्रै जनयुद्ध दिवस मनाएको सान्दर्भीक हुने बताउनुभयो । ‘जनयुद्ध चानचुने रुपमा चलेको चिज होइन’ सापकोटाले भन्नुभयो ‘त्यसैले यसलाई ख्यालख्याल नसोचे हुन्छ ।’ यसकै जगमा संघियता र गणतन्त्र आएको सापकोटाले बताउनुभयो । प्रदेश नं. ३ का वन वातावरण तथा पर्यटन मन्त्री अरुण नेपालले जनआन्देलन र जनयुद्ध कै कारण जनताले अधिकार पाएको र यसको रक्षा गर्नको लागि नै कम्युनिष्ठ एकता भएको बताउनुभयो ।
गत वर्ष पुर्व माओवादिले मात्र सामान्य रुपमा मनाउदै आएको जनयुद्द दिवसमा यस पटक भने पुर्व एमाले पनि सहभागि भएर मनाएको हो । कार्यक्रममा सहभागिहरुले जनआनदोल तथा जनयुद्धको स्मरण गर्दै छलफल गरेका हुन् । कार्यक्रममा नेकपाका स्थायी कमिटि सदस्य कृष्ण प्रसाद सापकोटा ,माधब सापकोटा सुबोध, हस्त पण्डीत लगायतका नेताहरु सहभागि भएका थिए । कार्यक्रममा जनप्रतिनिधिहरु समेत सहभागि भएका थिए ।
जनयुद्ध दिवसकै अवसर पारेर अखील (क्रान्तीकारी) र अनेरास्ववीयुले साँझ चौताराको टुडीखेलमा दिप प्रज्वलन समेत गरेका थिए ।

,
Lokpriyasamachar@. Powered by Blogger.