हेलम्बुका होस्टेलमा हेलम्बुकै तरकारी


हेलम्बु गाउँपालिकाले आफ्नो पालिकाभरी सञ्चालन हुने होस्टेल -छात्राबास_ को लागि आवश्यक पर्ने तरकारी आफैले उत्पादन गर्नुपर्ने बाध्यकारी नियम लगाउने तयारी गरेको छ । हेलम्बुमा तरकारी उत्पादनको लागि पर्याप्त जमीन भएर पनि तरकारी बाहीरबाट खरीद गर्ने परिपाटी अन्त्य गर्न यो नियम लगाउन लागिएको हो ।
‘हाम्रो हेलम्बुमा हरेक किसिमका तरकारी खेती गर्न सकिने जमिन छ । ’ गाँउपालिकाका अध्यक्ष निमाग्याल्जेन शेर्पाले भन्नुभयो ‘तर तरकारी भने कालीमाटीबाट आउने गरेकोले शुरुवाती चरणमा होस्टल सञ्चालन गर्ने विद्यालयलाई यो नियम लगाउन लागेका हौं । ’
गाँउपालिकामा भएका जमीनको सहि सदुपयोग हुन नसक्दा पालिकाको ठुलो रकम बाहीरीएको अध्यक्षले बताउनुभयो । विद्यालयमा गएर तरकारीको बारेमा सोध्दा चनौटे हुदैं मेलम्ची पुगेको र मेलम्चीमा सोध्दा कालीमाटीबाट ल्याएको धाहा पाँउदा दुख लागेको भन्दै यस्तो योजना बनाएको बताउनुभएको हो ।
गाँउपालिका भरी विद्यालय निर्माण गरी संख्या बढाउनुभन्दा गुणत्मक शिक्षा दिनतर्फ ध्यान दिनुपर्ने अध्यक्षले बताउनुभयो ।  यसको लागि गाँउपालिकाले नमुना विद्यालय बनाउने योजना समेत अघी सारेको छ । भौतिक पूर्वाधार, नयाँ प्रविधि तथा स्रोतसाधनले सम्पन्न भएको उक्त मोडेल विद्यालय हेलम्बुको घोप्टेघ्याङमा निर्माण गरिने योजना रहेको हेलम्बु गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले जानकारी दिनुभयो । ‘मोडेल विद्यालयको लागि हामी डिपीआरको अन्तिम चरणमा रहेका छौं’ अध्यक्षले बताउनुभयो । उहाँका अनुसार प्राविधिक विद्यालयको रुपमा विकास गरिने उक्त विद्यालयलाई गाउँपालिको केन्द्रभागमा राखेर सञ्चालन गरिने छ । प्राय विद्यालयमा थोरै विद्यार्थी तर धेरै शिक्षक रहेर पनि अनुत्पादक बनेको ग्रामिण भेगको शिक्षालाई गुणात्मक रुपमा व्यवस्थित गर्न सो खालको अवधारणा ल्याईएको निमाले प्रष्ट्याउनभयो । चारसय रोपनीमा फैलिएको घोप्टेघ्याङमा प्रस्तावित मोडेल विद्यालयमा होस्टेलको समेत व्यवस्था गर्ने गाउँपालिकाको योजना रहेको छ ।
यसैबीच विभिन्न जातिहरुको भाषा संस्कृतिको जगेर्ना गर्ने योजनाका साथ सो विद्यालयमा लामा भाषा र संस्कृत भाषाको समेत अध्यापन गराउने योजना रहेको गाँउपालिकाले जनाएको छ ।

, , , , ,
Lokpriyasamachar@. Powered by Blogger.