ब्याजदर घटाउन माग

बैंक तथा बित्तीय संस्थाहरुले एकतर्फी रुपमा ऋणको व्याजदरमा गरेको बृद्धिप्रति सिन्धुपाल्चोक उद्योग बाणिज्य संघले बिरोध जनाएको छ । संघले त्यसको विरोध गर्दै सोमबार जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकमा ज्ञापन पत्र बुझाएको हो ।
अत्याधिक व्याज बृद्धिका कारण उद्योग तथा व्यवसायहरु धरासायी हुन थालेको भन्दै त्यसलाई रोक्नुपर्ने संघले जनाएको छ । ‘बैंक तथा वित्तीय संस्थाहरुबाट एकतर्फी रुपमा ऋणको व्याजदरमा बृद्धि गर्दा आम नागरिकहरुको दैनिक जीवनमा थप आर्थिक भार पर्न थालेको छ’, संघका अध्यक्ष बेदबहादुर श्रेष्ठद्वारा हस्ताक्षरित ज्ञापन पत्रमा भनिएको छ– ‘उद्यमी, व्यवसायीहरु आफ्ना उद्योग व्यवसाय छाडेर विदेश पलायन हुनुपर्ने बाध्यता सिर्जना भएको छ ।’
बढ्दो व्याजदरले लगानी गर्ने व्यवसायीहरु धरापमा परेको जनाउँदै संघले दर घटाउन माग गरेको हो । संघकाअनुसार बैंकहरुले अहिले व्यवसायी तथा आम नागरिकले लिने ऋणको ब्याज १५ प्रतिशतसम्म असुल्ने गरेका छन् । यसअघि यो दर बढीमा आठ प्रतिशतसम्म थियो । त्यस्तै सहकारी संस्थाहरुले अहिले ब्याजदर १८ प्रतिशतसम्म पु¥याएको संघको दाबी छ ।
ज्ञापन पत्र बुझाउँदै सन्धुपाल्चोक उद्योग बाणिज्य संघका प्रथम उपाध्यक्ष श्यामकृष्ण श्रेष्ठले सरकारले व्यवसायीहरुको कुरा नसुनी व्याजदर नघटाए व्यवसायीहरु आन्दोलनमा उत्रनुको विकल्प नभएको बताउनुभयो ।

, ,