शब्द सारथी““ मा कविता विमोचन


सुन्ने र सुनाउनेविशेष शृङ्खला शव्द सारथीको १७  शृङ्खलामा कवि ध्रुवलाल श्रेष्ठको कविता संग्रह “सुमन सिन्धु“ विमोचन गरिएको छ। यो पुस्तकको विमोचन चौतारा सांगाचोक गढी नगरपालिका प्रमुख अ्मानसिंह तामाङ ले गर्नू भएको हो ।



उक्त कृति विमोचन कार्यक्रम का प्रमुख अतिथि प्रमुख तामाङले कवि ध्रुवलाल श्रेष्ठको शब्द चयन उत्कृष्ट रहेको बताउनु भयो । उहाँले आफुलाई साहित्य अत्यन्तै मन पर्ने र  सिन्धुपाल्चोकमा हजारौं ध्रुवलालहरु जन्मिउन भनी शुभकामना समेत  दिनुभयो ।
साहित्यले समाजलाई चेतानाको किरण छर्नेमा आफु विस्वस्त रहेको धारणा उहाँले राखराख्नुभयो । साहित्य र कलामा लागेका मानीसहरुले कहील्यै पनि अनुचित काम नगर्ने बताउँदै शब्द र साहत्यिको खाजी गर्दैमा फुर्सद नहुने ले नकारत्मक सोचमा समय नै नपाउँने भएकाले पनी  साहित्यकारहरु नकारत्माक सोचमा नरहेको हो भन्नु भयो । नगरपालीकाको स्वच्छ बिकाशका लागी साहित्यकारहरुको सल्लाह सुझाबको आबश्यकता रहेको ले  सल्लाह सुझाब दिएर नगरपालीकाको बिकाश र पहिचानमा सहयोग गर्न समेत आग्रह गर्नु भयो । 
उक्त कविता संग्रह विमोचन मा प्रकाशकीयको तर्फबाट आफ्नो धरणा राख्दै प्रकाशक शोभा उलकले साहित्य लेखन अत्यन्तै कठिन कार्यभएको र यस्तो कार्यमा सहयात्रा गर्न पाँउदा आफु अत्यन्तै खुशी भएको बताउनु भयो ।
पुस्तकको बारेमा आफ्नो धारणा राख्दै सर्जक ध्रुवलाल श्रेष्ठले दुः ख सुःख को आरोह (अवरोह यो कविताको माध्यमबाट अभिव्यक्त गरेको बताउनुभयो । कविता संग्रहमा गित कविताको साथै भजन समेत समेटिएको छ । उहाँले  शब्दको माध्यमबाट आफ्नो पिडा, हाँसो,रोदन र व्याङय व्यक्त गरेको वताउनुभयो।
साथै उहाँले आगामी दिनमा समयले साथ दिएमा शब्द रचनाको कामलाई  निरन्तरता दिने प्रतिबद्धता जनाउनु भयो ।  शब्द सारथीमा साहित्यकार हरु अमीत घिमिरे, अविरल अप्रिय, ओमकुमार श्रेष्ठ , गिरिराज कटुवाल , सुनिल तामाङ,यमराज विशकर्मा , केशवलोचन शर्मा ,चन्द्रप्रसाद न्यौपाने र सुन्दर शिरिष लगायतले आफ्नो साहित्यिक रचना वाचन गर्नुभयको थियो ।
चौतारासाँगाचोक गढी नपा वडा न ५का वडाअध्यक्ष नरमान श्रेष्ठ,वडाम नं १३का वडाअध्यक्ष राम प्रसाद गौतम ,महाकबी चन्द्र प्रसाद न्यौपानेको बिषेश अतिथ्यतामा बिभिन्न शिक्षीत काब्य ब्यक्तीत्वहरुको उपस्थितीमा भएको कार्यक्रमको सञ्चालन भने  लोकप्रिय कबी दिलबहादुर कार्कीले गर्नु भएको थियो । ५ नं वडा कार्यलयमा भएको कार्यक्रमको सभापतित्व भने जिबन श्रेष्ठले गर्नु भएको थियो । कार्यक्रमको लोकप्रिय रेडीयो प्लानेट८९.१ मेगाहर्ज चौताराबाट प्रत्यक्ष प्रशारण गरिएको थियो । 

, , , , ,