गाउँपालिका महासंघमा पोखरेल


गाउँपालिका राष्ट्रिय महासंघ ३ नम्बर प्रदेशको अध्यक्षमा तामाकोशी गाउँपालिका अध्यक्ष ईश्वरचन्द्र पोखरेल चयन हुनुभएको छ ।
तामाकोशी गाउँपालिकाका अध्यक्षसमेत रहनुभएका पोखरेल यस अघि गाउँपालिका राष्ट्रिय महासंघ ३ नम्बर प्रदेश समितिको तदर्थ समितिको संयोजक रहनु भएको थियो ।
उपाध्यक्षमा सुनापति गाउँपालिका रामेछापका अध्यक्ष धावा लामा, सचिवमा धादिङको ज्वालामुखी गाउँपालिकाका अध्यक्ष विनोदराज तिमल्सिना, सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिकाका उपाध्यक्ष लक्ष्मी पौडेल सह सचिव र धादिङको ज्वालामुखी गाउँपालिकाका उपाध्यक्ष जानुका सिम्खडा कोषाध्यक्ष चयन हुनुभयो ।
सदस्यहरुमा काभ्रेको भुम्लु गाउँपालिकाका अध्यक्ष गुमानध्वज कुँवर, ललितपुरको महांकाल गाउँपालिकाका उपाध्यक्ष कमला तामाङ र सिन्धुलीको फिक्कल गाउँपालिकाका उपाध्यक्ष पार्वती सुनुवार, रसुवाको कालिका गाउँपालिकाका उपाध्यक्ष भवानी न्यौपाने, मकवानपुरको मनहरी गाउँपालिकाका अध्यक्ष एकराज उप्रेती, नुवाकोटको तारकेश्वर गाउँपालिकाका उपाध्यक्ष तारादेवी रिमालदोलखाको तामाकोशी गाउँपालिका १ भिरकोटका अध्यक्ष महेश्वर काफ्ले, सिन्धुली तिनपाटन गाउँपालिकाका अध्यक्ष कर्णबहादुर थापा, रामेछापको गोकुलगंगा गाउँपालिकाका अध्यक्ष खड्ग सुनुवार, रामेछापको उमाकुण्ड गाउँपालिकाका उपाध्यक्ष उर्मिला कार्की, सिन्धुलीको हरिहरपुर गढी गाउँपालिकाका उपाध्यक्ष अनिता राई, नुवाकोटको दुप्चेश्वर गाउँपालिकाका अध्यक्ष युविन्द्र सिंह तामाङ, नुवाकोटको ककनी गाउँपालिकाका उपाध्यक्ष सिता लामा र धादिङको बेनिघाट गाउँपालिकाका अध्यक्ष हरि डल्लाकोटी चयन हुनुभएको छ ।
अधिवेशनमा ३ नम्बर प्रदेशका १३ वटा जिल्लाका गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष र गाउँ कार्यपालिका सदस्यहरुको सहभागिता थियो ।

,