५७ औ बर्षमा सिद्धिगणेश माबि


चौतारा साँगाचोकगढी नगरपालिका ७ स्थित सिद्धिगणेश माध्यामिकका ५७ औ वार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको छ ।
चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख अमानसिं तामाङलेको प्रमुख आतिथ्यतामा वाषिृकउत्सव कार्याक्रम सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै प्रमुख तामाङले विद्यायालय भौतिक रुपले मात्र सम्पन्न भएर नहुने हुदा विद्यालयको भौतिक मात्रै नभएर शैक्षिक विकासमा गर्नुपर्ने बताउँनुभयो । शिक्षाको विकास भएपछि मात्रै अन्य आवश्यक पूर्वाधारको विकास हुने भएकाले विद्यालयको शैक्षिक विकासमा उहाँले जोड दिनुभएको हो ।
विद्यालयको शैक्षिक गुणस्तरमा वृद्धि गर्नको लागि नगरपालिकाले आफ्नो ठाउँबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जाहेर गर्नुभयो । नगरपालिकाको मुख्य पहिलो आधार शिक्षा भएकाले शिक्षा विकासको लागि बजेटको पहिलो प्राथामिकता हुने उहाँले जनाउँनुभयो ।
वि.स. २०१८ सालमा नजिकै रहेको गणेशको नामबाट श्री सिद्धिगणेश प्राविको रुपमा स्थापना भएको उक्त विद्यालय समुदायका शिक्ष प्रेमि र अगुवा व्यक्तिहरुको पहलमा कदमिमा अहिले उच्च माविसम्मको सफलता प्राप्त गरेको छ ।
कार्यक्तममा नगर शिक्षा समितिका संयोजक गणेश पुरी, वडाध्यक्ष उमाप्रसाद दुलाल, नगर शिक्षा समितिका सदस्य केशबलोचन शर्मा लगाएतको उपस्थिति रहेको थियो । उक्त वार्षिकोत्सव कार्यक्रम विद्यालयका अध्यक्ष मुक्तिनाथ दुलालको सभापतित्वमा सम्पन्न भएको थियो । भने प्रध्यानाध्यापक राजकुमार यादबले २०७४।०७५ को आय ब्यय प्रस्तुत गर्नुभएको थियो । समारोहको उपलक्ष्यमा भएको विविध खेलकुद तथा साँस्कृतिक सप्ताहव्यपी कार्यक्रम समापन, अभिभावक भेला, भु.पु. विद्यार्थी पुनर्मिलन समारोहसमेत गरिएको थियो ।

Lokpriyasamachar@. Powered by Blogger.