चोरी शिकारी नियन्त्रण गर्न क्षमता अभिबृद्धि तालिम


लाङटाङ राष्ट्रिय निकुञ्ज धुन्चेले सिन्धुपाल्चोकको चौतारामा चोरी शिकारी नियन्त्रण सम्बन्धि एकदिने क्षमता अभिबृद्धि सम्बन्धि तािलम सम्पन्न गरेको छ ।
विश्वमै दुर्लभ मानिने रेडपाण्ड, हरिण, कस्तुरीमृगाको संरक्षण गर्दै निकुञ्ज आसपासको क्षेत्रको पर्यटकीय आकर्षणमा सुधार गराउने उद्देश्यले स्थानीयलाई चोरी शिकार नियन्त्रण सम्बन्धि क्षमता अभिबृद्धि तािलम प्रदान गरिएको निकुञ्जका सूचना अधिकारी शिवलाल गैरेले बताउनुभयो ।
तालिममा चोरी शिकार नियन्त्रणमा स्थानीय समुदायको भूमिका, विद्यमान ऐन कानूनको बारेमा जानकारी, बन्यजन्तुबाट भएको क्षतिको राहत निर्देशिका, जैविक विविधताको महत्व जस्ता विषयमा प्रशिक्षण दिएको राष्ट्रिय निकुञ्जका प्रमुख सुश्मा रानाले बताउनु भयो ।
तालिममा दोर्जेलाक्पा उपभोक्ता समूहका पदाधिकारीहरु, लेन्सी उपभोक्ता समूहका पदाधिकारीहरु, लाङटाङ राष्ट्रिय निकुञ्जका कर्मचारीहरु समेत ४० जनाको सहभागिता रहेको दोर्जेलाक्पा समूहका अध्यक्ष किशोर लामाले बताउनुभयो ।

Lokpriyasamachar@. Powered by Blogger.