पानी परेपछि पानी आउँदैन

लोकप्रिय सम्वाददाता÷चौतारा
५ फागुन, २०७५ । चौतारा साँगाचोकगढी नगरपालिका– ७, सानुसिरुवारीका स्थानीयहरुलाई आकाशबाट पानी परेपछि चिन्ताले सताउन थाल्छ । पानी परेपछि चिसो हुने वा घर बाहिर थन्काएको सामान भिज्ने डरले उनीहरु चिन्तित हुने होइनन् । न त पानी परेर बाटो हिलो भएर लड्ने डरले नै चिन्तित हुने हुन् । उनीहरुको चिन्ता त घर घरमा जोडिएको धारामा भोलीपल्ट बिहान पानी आउदैन कि भन्ने  हो ।
साविक सानोसिरुवारी गाविस वडा नं १, २ र ३  का करिब तीनसय घरधुरीको लागि सोलार शक्ति मार्फत पानी तानेर वितरण गरिएको छ । मजुवा बगर कोटडाँडा लिफ्ट खानेपानी आयोजना मार्फत सो आयोजना सञ्चालन भएको हो । तल खेतको पुछारमा रहेको मजुवा बगर खोलाबाट तीनसय मिटर ठाडो उचाईमा १५ सय मिटर मूख्य प्रशारण लाईन पाइप विच्छ्याएर पानी तानिएको छ । तानिएको पानी बीचमा कार्कीबारी भन्ने ठाँउमा ट्याङ्की बनाएर त्यहाँबाट पनि सोलार मार्फत नै कोटडाँडासम्म लगिएको समितीका अध्यक्ष गणेशबहादुर श्रेष्ठले बताउनुभयो ।
खानेपानी आयोजनाको लागि मजुवा बगरमा २० घनमिटरको एक वटा ट्याङ्की बनाइएको छ । त्यँहाबाट ४८ वटा सोलार प्यानल राखेर ट्याङ्की भरिएपछि स्चालीत पम्पबाट करिब सात सय मिटर माथी रहेको कार्कीबारीको दोस्रो ट्याङ्कीमा पानी पठाइन्छ । सो १० घरमिटरको ट्याङ्कीबाट पनि ४८ वटै सोलार प्यानलबाट गाँउको सबैभन्दा माथी कोटडाँडामा रहेको ७२ घनमिटरको ट्याङ्कीमा पानी जम्मा गरेपछि त्यँहाबाट वितरण गरिन्छ । समुदायको हरेक घरको लागि मिटर जडान गरी व्यक्तिगत धारा वितरण गरीएको आयोजनाकी कोषाध्यक्ष पवित्रा डोटेलले बताउनुभयो । डोटेलका अनुसार प्रत्येक घरधुरीलाई मिटर जडान गरी न्यूनतम दुई सय साठी रुपैंया मासिक शुल्क लिइने गरीएको छ । मासिक दश युनिट भन्दा बढी पानी खपत गरिएमा भने उपभोक्ताले थप शुल्क बुझाउनुपर्नेछ ।
सानुसिरुवारीबासीको आफुनै प्राकृतीक पानीको मुहान नहुनाले लामो समयदेखि खानेपानीको समस्या भोगिरहेका थिए । सदरमुकाम चौताराको लागि ल्याइएको खानेपानी योजनाको पानी पनि नियमीत नभएपछि उनीहरुले समस्या भोग्दै आइरहेका थिए । गाँउटोलमै भएको साना कुवा पधेंरा पनि भूकम्पको कारण सुकेपछि थप समस्या भोगेका सानोसिरुवारीबासीले लिफ्ट प्रविधि मार्फत सो खानेपानी आयोजना निर्माण गरेका थिए । आयोजनाको लागि वल्र्ड भीजन इन्टरनेशल र जनहित ग्रामीण सेवा समितिले आर्थीक र प्राविधिक सहयोग गरेका हुन् । सोलार सिस्टम र स्वचालित पम्पको सहयोग भने बैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रले गरेको थियो । तीनवटै  साझेदार संस्था वल्र्ड भीजनले ९६ लाख २६ हजार ८१८ रुपैंया, जनहित ग्रामीण सेवा समितिले १६ लाख २२ हजार १९३ रुपैंयाको साथ प्राविथिक सहयोग समेत गरेको थियो भने स्थानीय उपभोक्ताको श्रमदान सात लाख २७ हजार सहित सो आयोजना निर्माण भएको थियो । ‘सानोसिरुवारीमा पानीको समस्या रहेको थाहा पाएपछि हामीले दातासँग सो ठाँउमा खानेपानी आयोजना निर्माणको लागि अनुरोध ग¥यौं ।’ जनहित ग्रामीण सेवा समितिका कार्यकारी निर्देशक राजेन्द्र शर्माले भन्नुभयो ‘वल्र्ड भिजनले सहयोग गर्न तयार भएपछि डिपिआर बनाएर हामीले सबै गरी डेढ करोड भन्दा बढी लगानी गरेर सो आयोजना निर्माण गरेका हौं ।’
विद्युत प्रशारण लाइन मार्फत आयोजना सञ्चालन गर्दा लागत मूल्य बढी पर्न जाने र मासिक रुपमा महशुल पनि धेरै नै तिर्नुपर्ने देखिएपछि सोलार मार्फत आयोजना निर्माण गरीएको थियो । दैनिक सात घण्टा भन्दा बढी घाम लागेमा मात्रै कोटडाँडाको सबै ट्याङ्की भरिन्छ । सबै ट्याङ्की भरिएपछि मात्रै पूर्ण क्षमतामा पानी खोलीदाँ जडान गरिएका सबै धारामा पानी जान्छ । अन्यथा सबै धारामा पानी नचढ्ने हुनाले पानी परेपछि स्थानीय आफ्नो धारामा पानी नआउने हो कि भन्ने चिन्तामा पर्ने गरेका हुन् । ‘बर्खामासमा पनि पानी परेपनि सो समयमा लाग्ने घाम चर्को नै लाग्ने भएकोले केही समय घाम लागेपनि पानी पूर्ण क्षमतामा ट्याङ्कीमा आँउछ ।’ अध्यक्ष श्रेष्ठले भन्नुभयो ‘तर यो बेमौसमको झरीको कारण भने सोलारले पानी पूर्ण क्षमतामा तान्न सक्दैन । ’ सोलारले पानी तान्न नसक्दा भने सानोसिरुवारीको लागि सामुदयिक धारा सञ्चालनका लागि सदरमुकामबाट पठाएको पानी सोही प्रणालीमा हालेर पनि हरेक घरमा पानी पु¥याउने प्रयास गरेको भएपनि सो पानी पूर्ण क्षमतामा पानी पु¥याउन सकेको छैन ।

,