जुगल जलबिरेले वृत्तचित्र बनाउने

जुगल जलविरे डट कमले सिन्धुपाल्चोक जिल्लाको पर्यटन प्रवद्र्धनको लागि वृत्तचित्र बनाउने भएको छ । पर्यटन वर्ष २०२० लाई लक्षित गरी आन्तरीक तथा बाह्य पर्यटकलाई जिल्ला चिनाउँदै र पथप्रदर्शित गर्ने उद्देश्यले वृत्तचित्र निर्माण गरिन लागिएको निर्माण पक्षले जनाएको छ ।
वृत्तचित्र विशेषगरी सिन्धुपाल्चोकको बन्देउदेखि जुगल हिमालको बेसक्याम्प नेपेमासालासम्मको दृष्य कैद गरिने डट कमका अध्यक्ष दीपक थापाले बताउनुभयो । बन्देउबाट यात्रा शुरु भएपछि देखिने सुनकोशी जलयात्रा, ब्रम्हयणी नदी आसपासको जनजीवन, कला संस्कृती, रहनसहन, धार्मीक विशेषताहरु देखाईने निर्माण पक्षले जनाएको छ । सो क्षेत्रका ऐतिहासिक महत्वका क्षेत्रका साथै स्थानीय स्रोत र साधनहरुको अवस्था, तिनको प्रयोग र संरक्षणको अवस्था समेत प्रस्तुत गरिने छ । वृत्तचित्रमा गुम्बादेखि नेपेमासाला बेस क्याम्पसम्मको पदयात्राका मार्ग र त्यो मार्गमा पर्ने बस्तीहरुमा पाइने साँस्कृतिक पक्षहरुलाई समेत उजागर गर्दै जो कोही वृत्तचित्र हेर्ने पर्यटकले सहजै बाटो पत्ता लगाई वेस क्याम्पसम्मको यात्रा गर्न सक्ने गरी बनाईने अध्यक्ष थापाले बताउनुभयो । वृत्तचित्रमा गीतसंगीत मार्फत आकर्षक र सबैले सजिलै बुझ्ने गरी निर्माण गरीने निर्माण पक्षले जनाएको छ ।
पर्यटन वर्ष २०२० मा आन्तरिक र बाह्य पर्यटक जिल्ला भिœयाउने उद्देश्यले २०१९ भित्रै भिडियो प्रदर्शन गरीसक्ने योजना रहेको अध्यक्ष थापाले बताउनुभयो । भिडियोमा जुगल हिमाल भएर बग्ने ब्रह्मायणी र सुनकोशी नदी आसपासका क्षेत्रलाई विशेष महत्वका साथ प्रस्तुत गरीने र जिल्ला सहित काठमाण्डौ र विदेशमा समेत सो भीडीयो प्रदर्शन गरीने योजना रहेको छ । वृत्तचित्रको छायाङ्कन शुरु गरिसकिएको छ ।

, ,
Lokpriyasamachar@. Powered by Blogger.