सर्वोत्कृष्ट विद्यार्थी पुरस्कृत

सिन्धुपाल्चोकका समाजसेवी माधवलाल कर्माचार्यको ८३ औं जन्मदिनको अवसरमा हिजो एक कार्यक्रमका बीच विज्ञान विषयमा अध्ययन गर्ने जिल्लाको सर्बोत्कृष्ट विद्यार्थीलाई पुरस्कृत गरेको छ ।
चौतारा साँगाचोकगढी नगरपालिका ५ का सिद्धान्त तामाङले विज्ञान विषयमा सर्बोत्कृष्ठ अंक ल्याई उतिर्ण भएकाले समाजसेवी कर्मचार्यको जन्मदिनमा नगद २० हजार रुपियाँ छात्रबृतिसहित कदर पत्र प्रदान गरेको हो ।
नेपाल कम्युनिष्ट पार्टी(नेकपा) स्थायी समितिका सदस्य अमृतकुमार बोहोराले छात्रबृति एवम् कदर पत्र प्रदान गर्नुहुँदै पछिल्ला समय पश्चिमा संस्कार संस्कृतिको प्रभावमा परी वत्ती निभएर जन्मदिन मनाउन थालेकोमा चिन्ता व्यक्त गर्नुहुँदै नेपालको मौलिक संस्कार संस्कृतिको संरक्षणमा लाग्न आग्रह गर्नुभयो ।
समाजसेवी माधवलाल कर्मचार्य छात्रबृति कोषको आयोजनामा भएको कार्यक्रममा पूर्व सांसद कृष्णराज श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद अधिकारी, चौतारा साँगाचोकगढी नगरपालिकाका मेयर अमानसिं तामाङ, मेलम्ची नगरपालिकाका मेयर डम्बर अर्याल, केशबलोचन शर्मा, साहित्यकार अमित घिमिरे, सन्तोष कर्माचार्य लगायतका व्यक्तित्वहरुले समाजसेवी माधवलाल कर्मचार्यको व्यक्तित्व र भूमिका बारे बोल्नु भएको थियो । कार्यक्रम छात्रबृति कोषका अध्यक्ष सुभाष कर्माचार्यको अध्यक्षतामा सम्पन्न भएको हो ।